सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

यौन सम्पर्कबाट कोरोना भाईरस सर्छ कि सर्देन ?

  •  | २४ आश्विन २०७७, शनिबार १५:२१ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • असोज २४,काठमाडौं ।

    विश्वनै कोरोना संक्रमणको शिकार भइरहेको बेलामा कोरोना संक्रमण हुने माध्यमका विषयमा विभिन्न तर्कहरु सुनिएका छन् । संक्रमणका माध्यमका बारेमा विज्ञहरुले जानकारी गराएपनि अझैपनि खोज अनुसन्धान भने भईरहेको छ ।
    यौन सम्पर्कबाट कोरोना सर्छ कि सर्दैन भनेर खास प्रश्न राखेको पनि पाइदैन । तर कोरोना भाइरस सरुवा भाइरस भएकाले यौन सम्पर्कबाट सर्छ कि सर्दैन भन्ने प्रश्न भने प्रत्येक मान्छेमा रहेको पाइन्छ । मनमा सोचेपनि संकोचका कारण बाहिर कसैसँग नसोधेको पनि भेटिएको छ ।
    डा एलेक्स जर्ज भन्नुहुन्छ– यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।
    एलिक्स फक्स भन्नुहुन्छ– आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ।
    डा एलेक्स जर्ज भन्नुहुन्छ– म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।
    एलिक्स फक्स– के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।
    बेलायतका डा एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। बीबीसी

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पतालमा
    भारतमा आगामी शनिबारदेखि ३० करोड जनतालाई कोरोना खोप लगाउने अभियान सुरु !!
    निको भएको ६ महिनापछि पनि अझै देखिँदैछन् कोभिड– १९ का असरहरु

    ताजा अपडेट

    पोखरामा जीप दुर्घटना ….

    ४,माघ पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु र सात जना...

    प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

    माघ, ३ विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप...

    • कर्णालीमा जसपाको साङ्गठनिक एकता घोषणा !!!
    • सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’!!!
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना
    • बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.