नेकपाका नेता चौधरीको कोरोनाका कारण मृत्यु

कार्तिक १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपां) का नेता मानपुर चौधरीको कोरोना संक्रमणका कारण निधन भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुर निवासी चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ६० वर्षीय चौधरीको उपचारका क्रममा धरानमा मृत्यु भएको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त मिश्रले जानकारी दिनुभयो । ज्वरो, खोकी, कमजोरी तथा स्वासप्रस्वासको समस्या भएका चौधरीलाई गत कात्तिक ३ गते बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरी २०७० सालको संविधानसभाको निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए ।
तपाइँको प्रतिक्रिया