सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रतिरोधी क्षमता (एन्टिबडी) समयसँगै घट्दै जाने अध्ययनको दावि

  •  | १२ कार्तिक २०७७, बुधबार १८:५६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • कार्तिक १२ । बेलायतमा गरिएको एक अध्ययनमा कोरोना भाइरस (कोभिड १९) विरुद्ध शरीरमा विकास भएको प्रतिरोधी क्षमता (एन्टिबडी) समयसँगै घट्दै जाने गरेको पाइएको छ । शोधकर्ताहरुले बेलायतभरका तीन लाख ६५ हजारभन्दा धेरै मानिसमा गरिएको अनुसन्धानमा तीन महिनाको अवधिमा २६ प्रतिशतभन्दा धेरैको एन्टिबडीमा कमी आएको पाइएको हो । बेलायतमा कोरोनाको पहिलो लहर उत्कर्षमा पुगेपछिको तीन महिनामा यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणको क्रममा तीनपटक सहभागीको एन्टिबडी परीक्षण गरिएको थियो । यो अध्ययन सोमबार इम्पेरिकल कलेज लण्डन र आईपीएसओएसले प्रकाशित गरेको हो । सुरुआती अध्ययनमा गत जुनमा सहभागीमध्ये ६ प्रतिशतमा आईजी एन्टिबडी पाइएको थियो भने सेप्टेम्बरसम्म आइपुग्दा केवल चार दशमलव ४ प्रतिशतमा उक्त एन्टिबडी देखिएको थियो । स्वास्थ्यकर्मीहरुमा पनि यो नतिजा समान थियो । तथापी अन्य किसिमका एन्टिबडीको आयु आईजी एन्टिबडीको तुलनामा लामो हुन सक्ने शोधकर्ताहरुले बताएका छन् । अध्ययनको क्रममा विना लक्षणका संक्रमितको शरीरको एन्टिबडी लक्षण देखिएका संक्रमितको तुलनामा छिटो घट्ने गरेको पाइएको थियो । त्यस्तै युवाहरुमा ७५ वर्ष नाघेका मानिसहरुको तुलनामा लामो समयसम्म एन्टिबडी बाँकी रहेको पाइएको थियो । अझैसम्म पनि कोरोनाबारे धेरै कुरा थाहा नभएको कारण पुनः संक्रमणबारे थप जानकारीको लागि थप अध्ययनहरु आवश्यक रहेको अध्ययनमा देखिएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.