सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रहरीले डेढ वर्षकी बालिकाको अनुहार र शरीरमा चुरोटले पोलिदिए

  •  | १६ कार्तिक २०७७, आईतवार ११:४२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • कात्तिक १६ , भारत
    भारतको छत्तिसगढको बालोद जिल्लामा डेढ वर्षकी बालिकाको अनुहार र शरीरलाई चुरोटले पोलिदिने प्रहरी अधिकारी अविनाश रायलाई जागिरबाट बर्खास्त गरिएको छ । प्रहरीका अनुसार घटना कुन परिस्थितीमा भयो, त्यसको अनुसन्धान भइरहेको छ ।
    बालोदका प्रहरी अधिक्षक जितेन्द्र मिणाले भने, ‘आरोपी प्रहरीलाई पक्राउ गरेर न्यायलयमा पेश गरियो । अभियुक्तलाई जागिरबाट बर्खास्त पनि गरिएको छ ।’
    अभियुक्त अविनाश राय बालोद जिल्लाको सिवनीमा भाडामा बस्दथे । त्यहाँ उनी आफ्नो सामान लिन जाँदा राती घरबेटीकी डेढ वर्षकी बालिकालाई आफूलाई पापा भन्न लगाए । प्रहरीका अनुसार जब बालिकाले उनलाई पापा भनिन् तब अभियुक्तले उनलाई चुरोटल ठाउँ–ठाउँमा पोलिदिए । प्रहरीका अनुसार बिहिबार राती साढे १० बजे आसपास पीडित बालिकाकी आमाले बलोद प्रहरीले ऊजुरी दर्ता गरिन् ।
    प्रहरीले बिहिबार रिपोर्ट दर्ता गरेको थियो तर प्रहरीका अनुसार शनिबार बेलुकासम्म बालिकाको कुनै उपचार हुन सकेको थिएन । घटना जब मिडियामा आयो तब शनिबार बालिकालाई उपचारका लागि बालोद जिल्ला अस्पताल र त्यसपछि रायपुरको सरकारी अस्पताल पठाइयो तर रायपुरमा पनि अबेर सम्म बालिकाको उपचार सुरु हुन सकेको थिएन । बीबीसीका अनुसार रिपोर्ट दर्ता भएको भोलिपल्ट अर्थात् शुक्रबार बेलुका जवाहरलाल नेहरु अस्पतालमा बालिकाको उपचार गरिएको थियो । त्यहाँको दस्तावेजमा दिइएको सुरुवाती जानकारी अनुसार भात पकाउने बेला तातो पानीको छिट्टाले बालिकाको शरीरको केही हिस्सा जलेको थियो । अस्पतालको दस्तावेजमा पीडित बालिकाको नाम ठेगाना र जुन फोन नम्बर दिइएको छ, त्यो बर्खास्त प्रहरीकै बताइँदैछ ।
    बर्खास्त प्रहरी अविनाश रायको परिवारको दाबी अनुसार शुक्रबार बेलुका अविनाश रायले नै बालिका र उनकी आमालाई लिएर अस्पताल पुगेका थिए, जहाँ बालिकाको उपचार गरियो ।

    घटना शंकास्पदः

    पीडित बालिकाकी आमा लोक गायिका हुन् र पछिल्लो थुप्रै वर्षदेखि विभिन्न संघ–संगठनसँग आबद्ध भएर काम गरिरहेकी छिन् । पीडित बालिकाका पिता नागपुरमा बस्छन् र बालिका आफ्नी आमासँग बस्छिन् । पीडित बालिकाकी आमाले भनिन्, ‘यसै वर्ष जून १९ मा मेरी १४ वर्षकी छोरीले झुण्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि अब कान्छी छोरीमाथि पनि यस्तो भयो । ’ उनले उपचारका लागि आरोपीसँग शुक्रबार नै अस्पताल पुगेको स्विकार गरिन् ।
    आमाले बालिका जलेको विषयमा सुरुमा भातको माड पोखिएका कारण बालिका जलेको बताएकी थिइन् तर पछि बर्खास्त प्रहरीले रक्सीको नशामा चुरोटले बालिकालाई पोलिदिएको स्विकार गरिन् ।
    सामाजिक कार्यकर्ता र उच्च न्यायलयकी वकिल प्रियंका शुक्लाले आफू पीडित पक्षसँग लगातार सम्पर्कमा भएको र यो मामिलामा विभिन्न प्रकारको कुरा सार्वजनिक भइरहेको बताएकी छिन् ।
    उनले भनिन्, ‘यो मामिलामा थुप्रै प्रश्नहरु छन् तर कुनै पनि निष्कर्षमा पुग्नु अहिले नै हतार हुनेछ । यसका लागि गम्भीरतासँग अनुसन्धान हुन जरुरी छ । सरकारले आरोपीलाई बर्खास्त गरेको छ, यो स्वागतयोग्य कदम हो ।’

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.