सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

मंसिर १६ गतेसम्मका लागि सचिवालय बैठक स्थगित

  •  | १३ मंसिर २०७७, शनिबार १५:३९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • मंसिर १३ , काठमाडौँ
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । यसअघि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गर्दै प्रतिवेदन ल्याएपछि ओलीले पनि प्रचण्डलाई जवाफ दिने गरी प्रतिवेदन ल्याएका हुन् ।
    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ ।
    यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए । अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.