सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

विवेकशिल युवा समाज गैंडाकोटद्धारा भुजेल गाउँमा सहयोग

  •  | १४ मंसिर २०७७, आईतवार १८:०२ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • हिमालदेव पंगेनी ,
    मंसीर १४ । विवेकशिल युवा समाज गैंडाकोटले भुजेल गाउँका अति विपन्न परीवारलाई जाडोको लत्ता कपडा लगायतका भुजेल गाउँमा रहेको विद्यालयका ५० जना भन्दा बढी विद्यार्थीहरुलाई शनिबार शैक्षिक कार्यक्रम वितरण गरिएको छ । पछिल्लो समय दुइ महिना अगाडी स्थापना भएको सामाजिक संस्था विवेकशिल युवा समाज गैंडाकोटले भुजेल गाउँमा रहेका ३४ घर परिवारका सदस्यहरुलाई जाडो यामबाट बच्ने खालका लत्ता कपडा वितरण गरिएको संस्थाका अध्यक्ष रोशन परियारले जानकारी दिनुभयो । विशेष गरी दुर्गम गाउँको रुपमा परिचित गैंडाकोट वडा नम्बर ३ को भुजेल गाउँका ३४ विपन्न घरपरिवारको बालबालिका लगायत अन्य उमेर समुहका व्यक्तिहरुलाई बिशेष गरी जाडोका लत्ता कपडा वितरण गरिएको अध्यक्ष परियारले बताउनुभयो ।

    जाडोबाट बच्न सहज होस भन्ने मनासायले न्यानो लत्ता कपडा वितरण गरिएको उहाँको भनाई छ । साथै भुजेल गाउँमा रहेको एक मात्र जुना प्रारम्भिक विद्यालयका पचास भन्दा बढी बालबालिकालाई आवश्यक शैक्षिक सामग्री समेत वितरण गरिएको संस्थाका सचिव पवन केसीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष रोशन परियारको अध्यक्षता र गैंडाकोट वडा नं. ३ का वडा अध्यक्ष शिवकान्त तिवारीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक , शिक्षकहरु , समाजसेवी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    यस अघि पनि यस संस्थाले विभिन्न स्थानमा नगद तथा जिन्सी सहयोग गर्र्दै आएको र जनताको दुःखमा साथ दिनका लागि संस्था सँधै लागि पर्ने संस्थाका अध्यक्ष परियारले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सो कार्यक्रममा संस्थाका उपाध्यक्ष अम्बिक कार्की , कोषाध्यक्ष अंकित गुरुङ् लगायत अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

    यसैबीच संस्थामा आवद्ध व्यक्तिहरुले आँफै स्रोत जुटाएर सहयोग गर्दै आएको कोषाध्यक्ष अंकित गुरुङ्ले बताउनुभयो । आगामी दिनमा अति विपन्न परिवारका सदस्य एवं विभिन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्येश्य रहेकोले सहयोगी मनहरुलाई संस्था मार्फत सहयोग गर्न संस्थाका अध्यक्ष परियारले आग्रह समेत गर्नुभएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.