सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङ्हेबीच भेटवार्ता

  •  | १४ मंसिर २०७७, आईतवार १८:२५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • मंसीर १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । प्रधानमन्त्री सँगको भेटमा दुई मुलुकको दुई पक्षिय सहयोगको बारेमा कुराकानी भएको थियो । हाल रक्षा मन्त्रालयको जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । उनी सोमबार नै स्वदेश फर्किनेछन् । यसैबीच नेकपा भित्रको विवाद मिलाउन चिनको राजदुतको सक्रियता भएको बेला रक्षा मन्त्रीको भ्रमण हुनुलाई अर्थपूर्णमा हेरिएको छ । यद्यपी पार्टीको विवादका बारेमा चिनका रक्षामन्त्रीसँग के कसरी कुराकानी भयो भन्ने बारेमा भने कुनै पनि कुरा बाहिर आएको छैन । पछिल्लो समय नेकपाको विवाद चिनको दवाबमा मिलेको हल्ला चलेको र यस पाली पनि राजदुतको सक्रियता बढेको भन्दै रक्षामन्त्रीको भ्रमण समेत त्यसै सन्दर्भमा भएको जानकारहरु बताउँछन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.