दुई अध्यक्ष मिल्दैमा समस्या समाधान हुँदैन: बरीष्ठ नेता नेपाल

मंसीर १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताउनुभएको छ । उहाँले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गर्नुभएको छ । शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड मिल्नुपर्ने भनी महासचिव विष्णुप्रसाद पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै हुँदैन ।’ यसअघि पनि दुई अध्यक्ष बीच सहमति गरेर एकता प्रक्रिया अगाडि बढाउने गरिएको थियो । त्यसलाई नेता नेपालले ‘चोचोमोचो’को संज्ञा दिँदै आउनुभएको छ ।
तपाइँको प्रतिक्रिया