वाग्मती प्रदेशसरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता

पुष १० । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो । शुक्रबार बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । यसैबीच बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् ।
तपाइँको प्रतिक्रिया