सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

कलाकारहरु धमाधम फर्किदै काममा

  •  | १५ पुष २०७७, बुधबार ११:२४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुस १५,
    कोरोनाको डरलाई ध्यानमा राखी कलाकारहरु धमाधम काममा फर्किएका छन् । सरकारले फिल्म हल माथिको प्रतिबन्ध अझै हटाएको छैन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर धेरै मानिस भिडभाड हुने अवार्डलगायत ठूला सभासमारोह नगर्न नगराउन अनुरोध गरिएको छ ।तर कलाक्षेत्रमा भने अवार्डहरु आयोजना हुन थालेका छन् । फिल्म हल खोलिएका छन् । फिल्म, गीतसङ्गीत होस् वा सानोपर्दाका सबै कलाकर्मीको ब्यस्तता कोरोना कालभन्दा बढी रहेको देख्न सकिन्छ । के कोरोना सकिएको हो वा डर नभएको हो । वरिष्ठ कलाकार नीर शाह अहिले पनि कोरोनाको डर कायमै रहेको बताउँछन् । उनी अहिले सुटिङमा निकै व्यस्त छन् । उनको अभिनय रहने सिरियल ‘कुल खानदान’को सुटिङ भइरहेको छ । त्यसको अलवा उनी केही प्रोजेटको एक्सरसाइज पनि गर्दैछन् । उनी आफ्नो अहिलेका गतिविधिलाई कोरोनाको लापरबाही भन्दा पनि बिस्तारै चलायमान गराउने प्रयास बताउँछन् ।हामी निडर भएर अहिले हिँडेको होइन र हिँड्नु पनि हुँदैन’ शाहले भने ‘कोरोना मात्र होइन कुनै पनि रोगसँग खेलबाड गर्नु हुँदैन ।’स्वास्थ्यको ख्याल राख्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउने शाह कोरोना होस् वा अन्य रोग, आफ्नो सतर्कता उत्तिकै रहेको बताउँछन् । ‘रोगप्रति चनाखो रहँदा रहँदै जीवनको सम्पूर्ण प्रक्रियामा पूर्णबिराम त दिनु भएन नि’ शाहले अगाडि थपे, ‘जिन्दगी चलायमान बनाउन पेसागत काममा फर्किएको हो ।’ आफ्नो सुटिङमा प्रशस्तै सुरक्षा अपनाउने गरिएको र कोरानाबाट अप्रिय घटना हुन नदिन सजग रहेको उनले सुनाए । शाहले हालै मदनकृष्ण श्रेष्ठसँग समेत फिल्म ‘पा’को सुटिङ सकाएका छन् ।‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।शाहको जस्तै विचार अभिनेता तथा निर्देशक अशोक शर्माको पनि रहेको छ । उनी चलचित्र प्रदर्शक पनि हुन् । लामो समयदेखि बन्द रहेको चलचित्र घर गत १० गतेबाट उनी लगायतको पहलबाट सञ्चालनमा आएको छ । सरकारले भने चलचित्र घर सञ्चालन अनुमति दिएको छैन ।‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।फिल्म क्षेत्र चलायमान बनाउन पनि आफूहरुले चलचित्र घर सञ्चालनमा ल्याएको शर्माले सुनाए । ‘अहिले फिल्म हलमा १५, २० जना र शनिबार केही बढी दर्शक देखिएका छन्’ शर्मा थपे ‘नियमित हल खोल्ने र नयाँ फिल्म हाल्ने हो भने यो क्षेत्र चलायमान हुन्छ । केही दिनको हल सञ्चालनले त्यो देखाएको छ ।’ शर्मा फिल्म प्रदर्शकको अलवा वितरक तथा निर्माता, निर्देशक पनि हुन् । उनी फिल्म ‘रातो टीका निधारमा’ निर्माणको तयारी गर्दैछन् ।अभिनेत्री करिष्मा मानन्धर पनि अहिले काममा फर्किएकी छन् । उनी ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही प्रोजेटमा व्यस्त छिन् । रोग नर्बिएर सजगताका साथ काम गरिरहेको उनी बताउँछन् ।‘कामै नगरी सधैँ डराएर जीवन चल्दैन’ करिष्माले भनिन्, ‘जीवन सक्रिय राख्न आफ्नो काममा फर्किनुपर्छ ।’ भिडभाड नगरी, स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको उनी सुनाउँछिन् । उनले थपिन्, ‘नचाहँदा नचाहँदै भिडभाड हुन्छ । हामीले रोग बिर्सनु भएन । झन् नयाँ रूपमा आएको छ ।’कलाकारसमेत रहेका लोक गायक कस्तुप पन्तको पनि व्यस्तता पहिलेभन्दा अहिले झन् धेरै छ । केही दिनअगाडि ‘जिन्दगी पानीको फोका’, ‘जिन्दगी घामछाया’ गीत भिडियोसहित ल्याएका उनी अहिले छिट्टै नयाँ लोकदोहोरी ल्याउने कसरतमा छन् । जसका लागि उनले गायक गायिका कुलेन्द्र विश्वकर्मा र सङ्गीता अधिकारीको स्वर समेट्दैछन् । गीत रेकर्ड मात्र होइन म्युजिक भिडियो बनाउनेसम्म उनको दौडधुप रहने गरेको छ । कोरोनाको डरैडरमा बाध्यता र विवसताले अहिले काम गर्नु परिरहेको पन्त सुनाउँछन् ।‘आफ्नो काममा फर्कन जस्तो सुकै चुनौती सामाना गर्नुपरे तयार छु’ पन्तले भने ‘अहिलेको समय काममा फर्कनुको विकल्प रहनेछ । कोरोना सकिएको भने होइन ।’पत्रकारबाट निर्देशक बनेका सुव्रतराज आचार्यले पछिल्लो केही समयमा १५ म्युजिक भिडियोको काम सकाएका छन् । त्यसको सम्पादन र नयाँको तयारीले उनलाई सास फर्ने फुर्सद छैन । कोरोनाको कहर नघटे पनि आफू काममा फर्कनु, आफ्नो बाध्यता रहेको उनी बताउँछन् ।

    हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।‘धेरै समय हामी चुप लागेर बस्यौँ । अब पनि चुप बस्ने हो भने हामी चल्न सक्दैनौँ’ उनले थपे ‘कोरोनाको कहरमा पनि थोरै व्यक्तिको सहभागितामा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न सकिँदो रहेछ ।’‘मेरो एक पटक स्वास्थ्य पेसासँग सम्बन्धित रिलेटिभ भेट भएको थियो । उहाँले हामीले कोरोना भएको लाखौँ मानिस हेरिसकेका छौँ । हाम्रो टिमलाई अहिलेसम्म कोरोना लागेको छैन । हामी पन्जा, मास्क खोल्दैनौँ । दूरी मेन्टेन गर्छौं र घरमा जाँदा पनि सुरक्षित जान्छौँ’ सुव्रतले ती आफन्तको कुरा सम्झँदै भने, ‘आफन्तले भनेझैँ काम गरिरहेको छु ।’ अहिलेसम्म कुनै युनिटका सदस्यमा कोरोना नदेखिएको आचार्यले बताए ।हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।‘डर नभएको हैन । तर कति डराउनु भनेर काममा फर्किएको हो,’ नेपालले भने ‘हिजोअस्ति सबै घरमा थिए । लकडाउन पनि थियो । हामी निस्किएका थिएनौँ । अहिले सबैक्षेत्र खुलिसक्यो । नाराजुलुसका भिडभाडसमेत हुन थालेका छन्’ । काम नगरी घरमा बसेर पनि जीवन चल्न नसक्ने नेपालले सुनाए ।हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ पनि आफ्नो व्यस्तता अहिले पहिलेभन्दा बढी भएको बताउँछन् । कोरोनाका कहर नसकिएको राम्रोसँग बुझेका उनी नयाँ सिरियलको, म्युजिक भिडियो सुटिङ तयारी गर्दैछन् । उनी स्टेज सो, फिल्मको सुटिङ, विज्ञापन चलचित्रल गायत काम गरिरहेका छन् ।
    ‘सुरक्षित भएर काम गरिरहेका छौँ । कामै नगरी बाच्न पनि गाह्रो छ,’ उनले भने ‘हाम्रो पेसामा एक व्यक्तिको कामसँग धेरैको रोजीरोटी जोडिएको हुन्छ । त्यसैले पनि काम गर्नैपर्ने बाध्यता छ ।’ काठमाडौँ बसाइ, यहाँको महँगीमा काम नगरी बाँच्न नसकिने उनको भनाइ रहेको छ ।म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेलाई पनि पछिल्लो समय खाने र बस्नेसमेत फुर्सद छैन । राजेश हमालदेखि अहिले चलेका, नचलेका र नयाँ कलाकारसँग उनी काम गरिरहेका छन् । उनको कामको गति हेर्ने हो भने कोरोनाको आभाष गर्ने समेत फुर्सद देखिँदैन ।आफ्नो कामको रफ्तार रोजीरोटीसँग जोडिएको उनी बताउँछन् । ‘अहिले कोरोना छैन भन्न मिल्दैन । अहिले जाडोमा यो अझ शक्तिशाली होला’ पाण्डेले भने, ‘काम नगरी माम मिल्दैन । सावधानी अपनाएर काम गरिरहेका छौँ ।’ कोरोनासँग डराएरभन्दा पनि सामाना गरेर अगाडि बढ्नुपर्ने तर्क उनको रहेको छ ।राजेश हमाललाई लिएर भर्खरै दुई म्युजिक भिडियो गरेका पाण्डेले यो साता मात्र ५ म्युजिक भिडियो बनाइसकेका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?
    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना
    सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.