स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १० औं साधारण सभा सम्पन्न

गैंडाकोट, १७ पुस । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. को १० वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्था लि. भूपालसिंह छन्त्याल थापाको अध्यक्ष्यतामा भएको १० औं साधारणसभा कार्यक्रममा गैंडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा सहकारी समन्वय मञ्चका अध्यक्ष वेदप्रसाद गौडेल रहनुभएको सो कार्यक्रममा भुपू सैनिक जनकल्याणकारी संस्थाका अध्यक्ष नरेन्द्रबहादुर खड्का, भुपू सैनिक बेल्डिहाका अध्यक्ष गणेशबहादुर मल्ल र भुपू सैनिक महिला समुह बेल्डिहाकी अध्यक्ष ईश्वरी थापा लगायतका अतिथिहरु रहनुभएको थियो । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थ लि.का सचिव बेद बन्धु रेग्मीले दशौं वार्षिक साधारणसभा तथा अधिबेशनमा प्रस्तावित कार्यक्रमहरु सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरि संस्थका कोषाध्यक्ष तमबहादुर क्षेत्रीले दशौं वार्षिक साधारणसभा तथा अधिबेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैबीच शुक्रबारै भएको पाँचौ अधिवेसनले संस्थाको नयाँ सञ्चालक समितिको चयन गरेको छ । नवगठित सञ्चालक समितिका अध्यक्षमा भुपालसिंह छन्त्याल थापा , उपाध्यक्षमा रामभक्त लम्साल , सचिवमा बेदबन्धु रेग्मी , कोषाध्यक्षमा तम बहादुर क्षेत्री लाई चयन गरिएको थियो । यसै गरी सदस्यहरुमा फूलमाया पराजुली , सरस्वति पोख्रेल, शोभा ढकाल, खगेन्द्र कंडेल, तर्कबहादुर थापा, देशमान सुनार लगायतकालाई चयन गरिएको संस्थाका नवगठित सचिव बेदबन्धु रेग्मीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक शिव पौडेलले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया