सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

सडकबाटै राजसंस्था ल्याउँछौं : राप्रपा अध्यक्ष थापा

  •  | १७ पुष २०७७, शुक्रबार १८:३९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुष १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापित गर्न माग गर्नुभएको छ । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी दिनुभएको छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताउनुभयो । हिजो कठिन घडीमा राप्रपाले बोकेर हिडेको भन्दै अध्यक्ष थापाले अब आम नेपालीको एजेण्डा बनिसकेको बताउनुभयो । थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुर्नस्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने बताउनुभयो । सिंहदरबार र शीतल निवासका शासकहरुलाई सार्वजनिक आह्वान गर्दै राप्रपा अध्यक्ष थापाले देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक प¥यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएको प्रतिक्रिया दिनुभयो । संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै उहाँले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने बताउनुभयो । राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको भन्दै अध्यक्ष थापाले केही दिन अगाडि मात्र नेकपाको घर झगडा मिलाउन उत्तरतिरबाट हवाइजहाज चार्टर गरेर केही मानिसहरु आएको जसले देशको सार्वभौमिकता माथि प्रश्न उठेको बताउनुभयो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.