संसद् विघटन गरि प्रमले जोकरको रुप देखाएः स्थायी कमिटि सदस्य भूषाल

नवलपुर, पुष २० । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद् विघठन गरि जोकरको रुप देखाएको नेकपाका स्थायी कमिटि सदस्य एंव पूर्व मन्त्रि घनश्याम भूषालले आरोप लगाउनुभएको छ । पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सोमबार नवलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा पूर्व मन्त्री भुसालले प्रधानमन्त्री ओलीको शैली पछिल्लो समय जोकरहरुले गर्ने प्रह्सन जस्तो भएको आरोप लगाउनुभएको हो । संसद विघठन गर्नुनै कम्युनिष्ठ आन्दोलन र लोकतन्त्र माथिको खेलवाड भएको भुषालको जिकिर रहेको थियो । करिव डेढ बर्ष सम्म प्रधानमन्त्री ओलीले दुई तिहाईको सरकार भन्दै गरेका भाषण साम्प्रदायिक रहेको भन्दै स्थायी कमिटि सदस्य एंव पूर्व मन्त्रि भूषालले आरोप लगाउनुभएको छ । पछिल्लो समय एमाले–एमाले एक हुनुपर्छ प्रचण्डको पछि लाग्न हुदैन भनि फैलाईएको भ्रमको पछि नलाग्न र प्रधानमन्त्रि ओली सधै आफ्नै ढिपि र घमन्डमा अगाडी बढेका कारण पार्टी एक ढिक्का रहन नसकेको बताउनुभयो । सबै पदमा मेरा मान्छे मात्र रहनुपर्छ भन्ने प्रधानमन्त्रिले कहिले दुरगामी सोच्न नसक्ने र गुटलाई मायाँ गर्ने शैलीले चुनाव बाहेक अन्य केहि गर्न नसक्ने भुषालको जिकिर थियो । अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा नवलपुर आउनुभएका भुसालले ओलीको एकल निर्णय लिने बानिले नै पार्टी फूटको संघारमा पुगेको बताउनुभयो । प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपाले नवलपुरमा संसद विघटन विरुद्ध विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया