सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोनाको आशंका जाँचका लागि हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पठाइँदै

  •  | २२ पुष २०७७, बुधबार ११:३० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुस २२
    काठमाडौँ — बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट ९बी–११७० कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एनपीएचएल० मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ हुन सक्ने सम्भावना बढेको हो । यसको पुष्टि गर्न सरकारले सोमबारसम्म हङकङ विश्वविद्यालयको प्रयोगशालामा नमुना पुर्‍याइसक्ने योजना बनाएको छ । ‘हङकङ पठाउनका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसक्यो । नमुना पठाउने अनुमति प्राप्त भइसकेकाले सोमबारसम्म ल्याबमा पुगिसक्छ,’ एनपीएचएलकी निर्देशक डा। रुना झाले भनिन् । एसजिन नेगेटिभ देखिएकाको मात्रै नमुना पठाउन लागिएको उनले बताइन् । बेलायतबाट फर्केका सात जनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीन जनामा मात्रै देखिएको छ । बी–११७ को पीसीआर परीक्षण गर्दा विभिन्न जिनहरूमध्ये एसजिन देखिँदैन । इम्पेरिअल कलेज लन्डनमा संक्रामक रोग प्रमुख उइन्डी बार्क्लेका अनुसार कोराना संक्रमण रहे नरहेको पत्ता लगाउन पीसीआर परीक्षण गरेर कम्तीमा तीनवटा जिन हेर्दा एसजिन नदेखिएपछि त्यसको कारण पत्ता लगाउने क्रममा बी–११७ भेरिएन्ट पत्ता लागेको हो । ‘यो नयाँ भेरिएन्ट पत्ता लगाउने सजिलो उपाय भनेको पीसीआर परीक्षणमा एसजिनको जाँच गर्दा त्यसले राम्रोसँग काम गर्दैन,’ बीबीसी रेडियोलाई उनले भनेका छन्, ‘एसजिनका साथै पीसीआर परीक्षणमा अन्य दुई जिन पनि भए नभएको हेरिने हुँदा संक्रमितहरू नेगेटिभ देखिने स्थिति हुँदैन ।’ बी–११७ सार्क मुलुक भारत, पाकिस्तानलगायतमा समेत देखिएपछि सरकारले बेलायतबाट आउनको निगरानी थालेको हो । यस क्रममा सात जनाको पीसीआर पोजिटिभ देखिएको थियो । तीमध्ये एसजिन नेगेटिभ देखिएकाको बी–११७ भए नभएको यकिन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १४ मा विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० लाई अनुरोध गरेको थियो । सरकारको अनुरोधअनुसार डब्लूएचओले तीन जनाको नमुना हङकङ लैजान लागेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले पोजिटिभ देखिएकाहरूको जुन ल्याबमा पीसीआर परीक्षण गरिएको हो, त्यहाँबाट स्वाब संकलन गरी एनपीएचएलमा पठाएको थियो । त्यही स्वाब डब्लूएचओको मान्यता प्राप्त हङकङ विश्वविद्यालयको प्रयोगशालामा परीक्षण गर्न लागिएको हो । मुलुकमा पहिलो पटक कोरोना पोजिटिभ देखिँदा पनि यही विश्वविद्यालयको ल्याबमा परीक्षण गर्न पठाइएको थियो । हङकङ पठाउन लागिएको नमुनाको केही भाग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० मा पनि परीक्षण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । ‘नास्टमा पनि परीक्षण गर्न सकिने रहेछ, तर यसका लागि छुट्टै रिएजेन्ट चाहिने भयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘रिएजेन्ट पनि व्यवस्थापन गरिरहेका छौं ।’ निजी क्षेत्रका प्रयोगशालाहरूले पनि हङकङमा जस्तै परीक्षण गर्न सकिने दाबी गरेका छन् । तर, अन्तर्राष्ट्रिय मान्यताका लागि हङकङ पठाउन लागिएको मन्त्रालय उच्च स्रोतले जनाएको छ । बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन् । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन् । अन्य कोरोना भाइरसको तुलनामा बी–११७ ले संक्रमितलाई पार्ने असरबारे थप अध्ययन भइरहेको छ । यसका कारणले मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्तै हाल प्रयोगमा आएका भ्याक्सिनहरूले बी–११७ विरुद्ध पनि काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरू पनि भइरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको कोरोना ट्र्याकरअनुसार यो भाइरस विश्वका ३० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेपालमा नयाँ प्रकार कोरोना भित्रिएको पुष्टि !!!
    महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पतालमा
    भारतमा आगामी शनिबारदेखि ३० करोड जनतालाई कोरोना खोप लगाउने अभियान सुरु !!

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.