सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

कोरोनाबाट बचाउनका लागि भेटिए थप दुई जीवनरक्षक औषधी

  •  | २४ पुष २०७७, शुक्रबार १०:२९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुस २४
    कोरोना संक्रमणले सताईरहेको बिरामीको ज्यान बचाउनका लागि थप दुई जीवन रक्षक औषधी भेटिएको दाबी गरिएको छ । यी औषधी कोरोना संक्रमितको मृत्युदरमा एक चौथाई कमी ल्याउन सक्ने सम्भावना पनि व्यक्त गरिएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० को इन्टेन्सिव केयर युनिट ९आइसीयू० मा यी भ्याक्सिनको ट्रायल गर्ने अनुसन्धानकर्ताले यी औषधी खोपमार्फत् दिइने र उपचार गरिएका हरेक १२ जनामध्ये थप एकजनाको ज्यान बचाउन सक्ने दाबी गरेका छन् । विशेषज्ञले यी औषधी बेलायतमा पहिले देखि नै उपलब्ध भएकोले यसको तुरुन्त प्रयोग गरेर सयौंको ज्यान बचाउन सकिने बताएका छन् । बेलायतको अस्पतालमा ३० हजारभन्दा बढी कोरोनाका बिरामी छन् । यो आँकडा गत वर्ष अप्रिलको तुलनामा ३९ प्रतिशत बढी छ । बेलायत सरकारले औषधी निर्माता कम्पनीसँग बेलायतमा बिरामीका लागि टोसिलुजमेब र सरिलुमेब औषधी उपलब्ध रहोस् भनेर लगातार सम्पर्क स्थापित गरिरहेको छ ।ज्यान बचाउनुका साथै यो औषधी प्रयोग गरिएका बिरामी चाँडै निको भइरहेका छन् र गम्भीर रुपमा बिरामीलाई पनि एक हप्ता मात्रै आइसीयूमा राखे पुग्ने भएको बताइएको छ । दुबै औषधी उत्तिकै असरदार छन् । र यो सस्तो एस्टेरोयड डेक्सामेथासोनसँग अझ बढी असरदार छ । यद्यपि, औषधी सस्तो छैन । यसको मूल्य प्रति बिरामी ७५० पाउन्ड ९१ लाख १९ हजार रुपैयाँ० देखि १००० पाउन्ड ९१ लाख ५८ हजार रुपैयाँ० को बीच आउँछ जुन डेक्सामेथासोनको पाँच पाउन्ड ९लगभग ८ सय० को कोर्सभन्दा कयौं गुणा बढी छ । यद्यपि, विशेषज्ञका अनुुसार यी खोप लगाउनुको फाइदा यो हो कि यो आइसीयूमा प्रतिदिन हुने बेड खर्चभन्दा कममा उपलब्ध छ । आइसीयूको प्रतिदिन शुल्क २००० पाउन्ड ९३ लाख १७ हजार रुपैयाँ० छ । मुख्य शोधकर्ता तथा इम्पेरियल कलेज लण्डनका प्रा। एन्थनी गार्डोनले भने, ‘हरेक १२ बिरामी जुन यी औषधीबाट निको हुनेछन्, उनीहरुले एउटा जीवन बचाउन सक्नेछन् । यो निकै प्रभावकारी छ ।’बेलायतमा समेत भिन्न ६ देशमा आइसीयूका करिब ८ सय बिरामीमा रिम्याप–क्याप ट्रायल भयो । स्ट्यान्डर्ड केयरमा राखिएका करिब ३६ प्रतिशत कोभिड बिरामीको मृत्यु हुन्छ । आइसीयूमा भर्ना भएको २४ घण्टाभित्र नयाँ औषधी दिँदा मृत्युको आँकडा एक चौथाई घटेर २७ प्रतिशत भयो ।
    एनएचएसका नेशनल मेडिकल डायरेक्टर प्रा। स्टिफन पाविसले भने, ‘कोरोना बिरामीको मृत्युको आँकडामा कमी ल्याउनका लागि अब अन्य औषधी पनि आइसकेका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?
    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना
    सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.