सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

नेपाल मगर संघ, नगर समितिको गैँडाकोटमा २१ औँ साधारण सभा सम्पन्न

  •  | २६ पुष २०७७, आईतवार १०:५८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुष २६,

    गैँडाकोट । शनिबार नेपाल मगर संघ, नगर समिति गैँडाकोटले २१ औँ साधारण सभा सम्पन्न गरेको छ । नेपाल मगर संघ गैँडाकोट नगर समितिका अध्यक्ष दुर्गबहादुर मश्रांगि मगरको अध्यक्षतामा शनिबार सम्पन्न भएको २१ औँ वार्षिक साधारण सभा कार्यक्रममा नेपाल मगर संघ तमुवान् मगरात गण्डकी प्रदेशका कोषाध्यक्ष तुलबहादुर सुनारी मागर प्रमुख अतिथि रहनुभएको थियो । संघको साधारण सभा कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि सुनारी मगरले मगर संघका लागि केही न केही गर्ने र राजनीति खेल्न परेपनि खेल्ने बताउनुभयो । वहाँले म राजनीतिलाई एक नम्बरमा कहिल्यै राख्ने छैन भनी स्पष्ट समेत पार्नुभयो ।कार्यक्रमलाई सम्बोधन गदै विशिष्ट अथितिको रुपमा रहनुभएका नेपाल मगर संघ तमूवान मगरात, गण्डकी प्रदेश सदस्य तथा पूर्व नेपालमगर संघ नगर समिति गैँडाकोटका अध्यक्ष उत्तम वकावल मगरले सम्पूणर् मगरहरु एक जुट हुनका लागी हरेक मगरहरुले राजनितिक बुज्नु पर्ने धारण राख्नुभएको थियो । त्यसैगरी संघका प्रमुख सल्लाकार तथा कार्यक्रमका विशिष्ट अतिथि केयर सिंह रानाले सम्पूणर् मगरहरुको एकता हुन जरुर रहेको बताउनुभयो । उहाँले भन्नुभयो । हिजो पिछडिएका मगरहरुको लागि स्वर्गीय गोरेबहादुर खपांगीले कति दुस्ख गर्नुभयो, त्यो त मैले भनिराख्नु पर्देन भन्दै रानाले स्व खपांगीको जीवनी स्मरण गर्नुभएको थियो । रानाले नेपाल मगर संघ कसरी स्थापना भयो भन्ने बारेमा पनि स्मरण गराउनु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरजंग राना मगरले मन्तव्य मार्फत स्वागत गर्नुभएको उक्त कार्यक्रममा संघकी कोषा ध्यक्ष लिला थापा र सचिव कुल बहादुर थापा मगरले २०७७र७८ को प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका संघका अध्यक्ष दुर्गबहादुर मश्रांगी मगरले कार्यक्रमको समापन गर्दै हिजोका दिनहरुमा संघको साधारण सभा गर्नु हुदैन भन्ने धारणा राख्नेहरुको विरुद्धमा आफु उभ्भिएको बताउनुभयो । वहाँले आर्थिक रुपमा पारदर्शी नहुने हो भने संस्था चलाउनुको अर्थ नभएको भन्दै आपूm संघको उन्नतीमा साधारण सभा अनिवार्य भएको स्पष्ट पार्नुभयो । कार्यक्रमको सहजिकरण संघका सचिव कुलबहादुर थापा मगरले गनुभएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?
    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना
    सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.