सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

निको भएको ६ महिनापछि पनि अझै देखिँदैछन् कोभिड– १९ का असरहरु

  •  | २६ पुष २०७७, आईतवार ११:१० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुस २६,
    विज्ञानका तथ्य भन्दा पनि तर्क–कुर्तकमा विश्वास गर्नेहरुका लागि कोरोनाभाइरस सामान्य रुघाखोकी जस्तै मात्रै हो, उनीहरुको भनाइ सुन्दा यस्तै लाग्छ । तर विश्व वैज्ञानिक जगतका लागि कोरोनाभाइरस सामान्य रुघाखोकी मात्रै पटक्कै होइन । यो त एउटा त्यस्तो नयाँ खालको भाइरस हो, जसले गर्ने असर र त्यसको दीर्घकालीन प्रभावहरुका बारेमा जान्न, बुझ्न र थाहा पाउनुपर्ने कुराहरु अझै धेरै बाँकी नै छन् ।
    यसै मेसोमा कोरोनाभाइरस र त्यसले गर्ने असरका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेका छन् । र, पछिल्लो एक अध्ययनले कोरोनाभाइरसका संक्रमणबाट निको भइसकेका मानिसहरुमा पनि देखापर्ने दीर्घकालीन असरहरुमध्ये सबैभन्दा प्रमुख थकान र मांसपेशीमा हुने कमजोरी रहेको पत्ता लगाएको छ । साथै, सो अध्ययनले सुत्नमा कठिनाई हुने लक्षणलाई पनि त्यसको एउटा असरको रुपमा फेला पारेका छन् । कोभिड–१९ का कारण अस्पतालमा भर्ना भएर निको भएका तीन चौथाई मानिसहरु ६ महिना बितिसक्दा पनि कम्तिमा एउटा लक्षणबाट अझै पीडित रहने गरेको सो अध्ययनले देखाएको छ  हिजो शनिवार विश्वप्रसिद्ध मेडिकल जर्नल लान्सेटमा सो अनुसन्धान रिपोर्ट प्रकाशित भएको छ । कोरोनाभाइरसको संक्रमणबाट निको भइसकेको ६ महिनापछि पनि उनीहरुमा त्यसका असर विद्यमान देखिनुले त्यसका दीर्घकालीन असरहरुका बारेमा थप अनुसन्धानको खाँचो सो रिपोर्टमा जनाइएको छ । ‘किनभने, कोभिड–१९ नयाँ किसिमको रोग हो, हामीहरुले यसले विरामीको स्वास्थ्यमा पार्ने दीर्घकालीन असरका बारेमा प्रारम्भिक रुपमा मात्रै थाहा पाउन थालेका छौं,’ सो अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता एवं नेशनल सेन्टर फर रेस्पिरेटोरी मेडिसिनका प्रोफेर बीन काओले भनेका छन् ।उक्त अध्ययनले गम्भीर अवस्थामा पुगेका तथा उपचार पश्चात अस्पतालबाट निको भएर फर्केका विरामीहरुलाई निरन्तरको उपचारको जरुरत पर्ने कुरा पनि प्रोफेसर काओले उल्लेख गरेका छन् । कोरोनाभाइरस पहिलो पटक देखापरेका चीनको ऊहान शहरका सयौं विरामीहरुमाथि गरिएको अनुसन्धानमा आधारित छ । सो अध्ययनमा गत वर्षको जनवरी र मे महिनाका बीचमा ऊहानको जिन्यिन्तान अस्पतालबाट निको भएर फर्केका १७३३ जना कोभिड–१९ का विरामीहरुलाई समावेश गरिएको थियो । अध्ययनको क्रममा औसत उमेर ५७ रहेका विरामीहरुले जनु र सेप्टेम्बरका बीचमा अस्पतालमा आएर उनीहरुको स्वास्थ्य अवस्था तथा कोभिड–१९ निको भएपछि देखापरेका लक्षणहरुका बारेमा जानकारी दिएका थिए । त्यस दौरानमा अनुसन्धानकर्ताहरुले त्यस्ता कोभिड–१९ का पूर्व विरामीहरुको शारीरिक परीक्षण तथा ल्याब टेस्ट पनि गरेका थिए । त्यस अध्ययनमा समावेश विरामीहरुमध्ये ७६ प्रतिशत फलोअपमा आएका विरामीहरु ९१६५५ मध्ये १२६५० जनाले आफूहरुमा अझै लक्षण रहेको बताएका थिए । त्यस दौरानमा ६३ प्रतिशतले थकान र मांसपेशीको कमजोरी रहेको उल्लेख गरेका थिए भने २६ प्रतिशतले चाहिँ सुत्न कठिनाई हुने गरेको बताएका थिए । अध्ययनकै दौरानमा अनुसन्धानकर्ताहरुले अर्को ट्रयालको हिस्साको रुपमा ९४ जना विरामीहरुको रगतमा एन्टीबडीको मात्रा संक्रमणको बेलाको उचाइमा रहेको फेला परेका थिए । ती विरामीहरुलाई ६ महिनापछि परीक्षण गर्दा उनीहरुको शरीरमा एन्टीबडीको मात्रा ५२।५ प्रतिशत कम फेला परेको थियो । यस आधारमा अनुसन्धानकर्ताहरुले कोभिड–१९ को पुनः संक्रमणको सम्भावनाबारे चिन्ता पैदा भएको जनाएका छन् । तर साथसाथै उनीहरुले भाइरसविरुद्धको प्रतिरोधमा समयक्रममा कसरी परिवर्तन आउँछ भन्नेबारे ठोस रुपमा भन्नको लागि अझै ठूलो नमूनामा अध्ययन गरिनुपर्ने खाँचो पनि औंल्याएका छन् । विश्व स्वास्थ्य संगठनले पनि यो भाइरसले सामान्यतः अस्पतालमा भर्ना नभएका तथा स्वस्थ ठानिएका युवा वर्गका समेत केही मानिसहरुमा निरन्तरको असर देखापरिरहने खतरा पैदा गराइदिएको उल्लेख गरेको छ ।लान्सेटमै प्रकाशित अर्को एक संयुक्त लेखमा इटालीको इन्स्ट्युटो डी रिसेर्चे फार्काकोलोजिचे मारियो नेग्री –आइआरसीसीएस० का अनुसन्धानकर्ताहरु मोनिका कोर्टिनोभिस, नोर्बेर्तो पेरिको र गुइसेप रेमुजजीले अहिलेको महामारीले निम्त्याएको दीर्घकालीन स्वास्थ्य प्रभावबारे अनिश्चितता रहेको उल्लेख गरेका छन् । दुर्भाग्यवश, कोभिड–१९ पछिका अवस्थाबारे जानकारी दिने थोरै अनुसन्धानहरु मात्रै भएका छन्, उनीहरुले भनेका छन् । उनीहरुका अनुसार, अमेरिका र बेलायतमा थालिएका बहुविधागत लामो समय लाग्ने खालको अनुसन्धानले यस भाइरसबारेमा हाम्रो बुझाइलाई सुधार्न तथा कोभिड–१९ का कारण हाम्रा शरीरका अंगहरु र कोषहरुमा पार्ने दीर्घकालीन प्रभावलाई रोकथाम गर्न उपचार पद्दतिको विकास गर्न सहयोग पुग्ने आशा जताएका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?
    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना
    सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो

    ताजा अपडेट

    बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

    माघ ७, बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२...

    हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

    माघ ७, करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द...

    • सुडानको डार्फर क्षेत्रमा चलिरहेको जातीय झडपमा परि मृत्यु हुनेको सङ्ख्या १५५ पुग्यो
    • भारतबाट खोप नेपाल ल्याउने प्रक्रिया बुधबार देखि सुरु
    • चितवनमा दुर्घटनामा हुदाँ एकको मृत्यु, दुई घाइते
    • बुधबार कस्तो रहनेछ त मौसम ?

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.