सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान, १०२ किलो गाजा र भरुवा बन्दुकसहित तस्कर पक्राउ

  •  | २६ पुष २०७७, आईतवार १२:३४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • पुष २६
    वीरगञ्ज । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका( १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो । ८र१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली फायर गरेको थियो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । शनिबार राति पौने १० बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीसमेत गस्तीमा खटिएको थियो । त्यसक्रममा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका(६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई पक्राउ गरेको छ । तामाङको साथबाट १ थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ५ वटा सेतो बोराभित्र लुकाइ राखेको १०२ किलो अवैध लागुऔषध गाँजा पनि बरामद भएको डीएसपी मिश्रले जानकारी दिए । तामाङविरुद्ध हातहतियार खरखजाना र लागुऔषध नियत्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान सुरु गरिएको छ । फरार अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.