महामारीमा अब्बल सशस्त्र प्रहरी अस्पतालमा

पुष, २७
कोरोना महामारीमा देशभर भएको मृत्यु संख्या दुई हजार हाराहारीमा पुगिरहँदा काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ विशेष अस्पतालमा मृत्यु हुनेको संख्या नगन्य छ ।इन्टेसिभ केयर युनिट (आईसीयू) मा राख्नुपर्ने र लक्षणयुक्त संक्रमित मात्र भर्ना हुने यो अस्पतालले ५९ जनालाई बचाउन सकेन । हालसम्म निको भएर फर्कनेको संख्या भने दुई हजार २६६ छ ।अस्पतालका फिजिसियन डा. रोशन झा अर्ली इन्टरभेन्ट (स्थिति बिग्रिर्नु अगावैको उपचार) र रेगुलर मोनिटरिङ (नियमित निगरानी) विधि अपनाइएको कारण अन्य कोभिड अस्पतालको तुलनामा बलम्बुमा कोरोना संक्रमितको मृत्यु दर न्यून भएको बताउँछन् ।उनका अनुसार कोभिड विशेष अस्पताल बनाइएदेखि नै क्लोज सर्किट (सीसी) क्यामरामार्फत विरामीको चौबिसै घन्टा निगरानी र विरामीलाई असामान्य महसुस हुनेवित्तिकै सिधै डाक्टरलाई फोन गर्न सक्ने व्यवस्था गरिएको थियो । डिएसपी समेत रहेका डा. झा भन्छन्, ‘फौजी अनुशासनका कारण पनि उपचारमा कुनै चुक हुन पाएन ।’नेपाली सेनाको छाउनीस्थित अस्पतालमा अधिकांश चिकित्सक नै संक्रमित भएर सेवा समस्यामा आईपर्यो ।
तपाइँको प्रतिक्रिया