लाइसेन्सको परीक्षा थप पारदर्शी हुनुपर्ने भन्दै ट्राफिकले प्रतिनिधि पठाएन, रोकिए परीक्षा !!

पुष, २७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ ।प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले सोमबार लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ ।‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास / फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुनेछ’ ।
तपाइँको प्रतिक्रिया