झापामा रहेको भुटानी शरणार्थीको शिविरमा आगलागी हुँदा, एक जनाको मृत्यु !!!

पुष, २८
दमक–३ स्थित भुटानी शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको छ । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेको अवस्थामा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।
तपाइँको प्रतिक्रिया