सप्तरीमा साँढे गोरुले हान्दा ८० वर्षीया वृद्धाको मृत्यु

पुस २८
छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो। सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो। पछाडिबाट गोरुले हान्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृत्यु भएको छ।
तपाइँको प्रतिक्रिया