सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

बैङ्कले दिने ब्याजदर घट्यो, कुन बैङ्कमा कति पाइन्छ त ?

  •  | १ माघ २०७७, बिहीबार १२:२९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ १, २०७७
    काठमाडौं । वित्तीय संस्थामा तरलताको अवस्था सुधार हुँदै गएको अवस्थामा वाणिज्य बैङ्कहरुले भने निक्षेपमा दिने ब्याजदर झनै घटाएका छन् । यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो । राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन् । अहिले बैङ्कहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार बचत खातामा न्यूनतम १।५ प्रतिशतदेखि अधिकतम ५।१ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यस्तै, १ वर्षे मुद्दती व्यक्तिगत निक्षेप खाताका लागि ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकेका छन्
    बैङ्कहरुले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार बचत निक्षेपमा सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । यो बैङ्कले बचत खातामा १।५ प्रतिशतदेखि ३ प्रतिशतसम्म मात्रै ब्याज दिने जनाएको छ । त्यस्तै नबिल बैङ्क र एनआईशी एशिया बैङ्कले बचतमा खातामा दिने ब्याजदर १।५ प्रतिशत देखि ३।५ प्रतिशतसम्म रहेको जनाइएको छ ।
    सनराइज बैङ्क र बैङ्क अफ काठमाण्डूले २ प्रतिशतदेखि ३।५ प्रतिशतसम्म तथा नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, ग्लोबल आईएमई बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, लक्ष्मी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, प्रभु बैङ्क, सिद्धार्थ बैङ्क र मेगा बैङ्कले बचत खातामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् । उता, नेपाल बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले २।५ प्रतिशतदेखि ४ प्रतिशतसम्म, सिटिजन्स बैङ्कले २।५ प्रतिशत देखि ४।५ प्रतिशतसम्म, नेपाल बंगलादेश बैङ्कले २।७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर तोक्दा प्राइम कमर्शियल बैङ्क, सिभिल बैङ्क र एनसीसी बैङ्कले ३ देखि ५ प्रतिशत ब्याजदर तोकेका छन् । सेञ्चुरी कमर्शियल बैङ्कले यसअघि तोकेको ३।५ देखि ४।५ प्रतिशतको ब्याजदरमा कुनै फेरबदल गरेको छैन । कृषि विकास बैङ्कले भने न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बचत निक्षेपमा सर्वाधिक ब्याजदर भने एनएमबि बैङ्कको छ । एनएमबि बैङ्कले बचत निक्षेपमा ३।१ प्रतिशतदेखि ५।१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । उता, मुद्दती निक्षेपतर्फ सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैङ्कको छ । सो बैङ्कले १ वर्षे मुद्दती निक्षेपमा ५ प्रतिशत मात्रै ब्याज दिने उल्लेख गरेको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ६ प्रतिशत र एनसीसी बैङ्कको ब्याजदर ६।२५ प्रतिशत छ । त्यस्तै, नबिल बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, एनआईशी एशिया बैङ्क, ग्लोबल आईएमई बैङ्क र प्रभु बैङ्कले ६।५ प्रतिशत तथा नेपाल बंगलादेश बैङ्क र कुमारी बैङ्कले ६।७५ प्रतिशत ब्याज दिने जनाएका छन् ।
    १० बैङ्कहरुले भने एकवर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन् । नेपाल बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, माछापुच्छ्रे बैङ्क, बैङ्क अफ काठमाण्डू र राष्ट्रिय वाणिज्य बैङ्क यसअन्तर्गत परेका छन् । त्यस्तै, कृषि विकास बैङ्क र एनएमबि बैङ्कले ७।२५ प्रतिशत ब्याज दिँदा सिटिजन्स बैङ्क, सेञ्चुरी बैङ्क र प्राइम बैङ्कको ब्याजदर ७।५ प्रतिशत रहेको छ । सबैभन्दा बढी ब्याजदर भने सिभिल बैङ्कको ८ प्रतिशत छ । उल्ल्ेखित ब्याजदरमा शाखा प्रबन्धकले ०।५० प्रतिशतसम्म थप गरेर दिनसक्ने भएकोले वाणिज्य बैङ्कको मुद्दती निक्षेपमा अधिकतम ८।५ प्रतिशतसम्म ब्याज पाउन सकिन्छ ।
    यसपटक पनि ब्याजदर बढाउने भन्दा घटाउने क्रम नै बढि देखिएको छ । तर धेरैजसो बैङ्कको ब्याजदर भने यसपटक स्थिर नै रहेको छ । माघ महिनाका लागि बचततर्फ ९ वटा बैङ्कहरुले आफ्नोब्याजदरको तल्लो तथा माथिल्लो सीमामा घटाएका छन् । १४ वटा बैङ्कको ब्याजदर स्थिर रहँदा ४ वटा बैङ्कको ब्याजदर भने बढेको पाइएको छ । त्यस्तै, मुद्दती निक्षेपतर्फ १४ बैङ्कको ब्याजदर घट्दा १२ वटा बैङ्कको ब्याजदर स्थिर छ । एउटा बैङ्कले भने मुद्दती खाताको ब्याजदर बढाएको छ । बचत खातातर्फ नेपाल इन्भेष्टमेन्ट बैङ्कले ब्याजदरको तल्लो र माथिल्लो सीमालाई एकैपटक १ प्रतिशतले घटाएको छ । यसअघि ३ देखि ५ प्रतिशतको ब्याजदर अहिले २ देखि ४ प्रतिशतमा झारिएको हो । कुमारी बैङ्क, सिटिजन्स बैङ्क, माछापुच्छ्रे बैङ्क, ग्लोबल आईएमई बैङ्क र मेगा बैङ्कले भने आफ्ना बचत खाताको ब्याजदरको माथिल्लो र तल्लो सीमालाई ०।५० प्रतिशतले घटाएका छन् । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले बचत खातामा दिने ब्याजदरको माथिल्लो सीमालाई ०।५० प्रतिशतले कम गरेको छ, तल्लो सीमा भने यथावत राखिएको छ । सानिमा बैङ्क र नेपाल बंगलादेश बैङ्कले माथिल्लो र तल्लो सीमालाई ०।२५ प्रतिशतले घटाएको छ । यसपटक बचत खाताको ब्याजदर बढाउने बैङ्कहरु भने सरकारी स्वामित्वका नेपाल बैङ्क, कृषि विकास बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क तथा निजी क्षेत्रको एनएमबि बैङ्क मात्रै रहेका छन् । तीनवटै सरकारी बैङ्कले बचत खातातर्फ ब्याजदरको तल्लो सीमालाई ०।५० प्रतिशतले बढाएका छन् । एनएमबि बैङ्कले भने दुईवटै सीमालाई ०।१ प्रतिशतले बढाएर ३।१ देखि ५।१ प्रतिशत कायम गरेको छ । मुद्दती निक्षेपतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैङ्क, हिमालयन बैङ्क, लक्ष्मी बैङ्क र सिटिजन्स बैङ्कले ०।७५ प्रतिशत, नबिल बैङ्क, एभरेष्ट बैङ्क, कुमारी बैङ्क, सानिमा बैङ्क, ग्लोबल आईएमई बैङ्क, एनएमबि बैङ्क र मेगा बैङ्कले ०।५ प्रतिशत, नेपाल बंगलादेश बैङ्क र माछापुच्छ्रे बैङ्कले ०।२५ प्रतिशत, तथा सनराइज बैङ्कको ०।१ प्रतिशत विन्दुका दरले ब्याजदर घटाउँदा बाँकी १३ वटा बैङ्कले भने ब्याजदर स्थिर राखेका छन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.