सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

दोस्रोपटक ट्रम्पविरूद्ध महाअभियोग

  •  | १ माघ २०७७, बिहीबार १२:५८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • बिहिबार, माघ १,
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि अर्को महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थक ९केही हतियारसहितका० लाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो सदन सिनेटले त्यसलाई पारित गरेको थिएन र ट्रम्प सत्ताच्यूत हुनबाट जोगिएका थिए ।अहिले उनीमाथि संसद भवनमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान जाने गरि भएको हिंसात्मक आक्रमणका लागि उक्साएको अभियोगमा दर्ता भएको महाअभियोग प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पारित गरेको हो ।
    स्थानीय समय अनुसार बुधबार भएको मतदानमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा उनको पार्टी रिपब्लिकनका १० सांसदले पनि पक्षमा मतदान गरे । तल्लो सदनले महाअभियोगका पक्षमा २३२ तथा विपक्षमा १९७ मत परेको हो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन
    गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा

    ताजा अपडेट

    सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

    माघ १२ बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग...

    प्रधानमन्त्रीले गरे राप्ती नदीमा पुल उद्घाटन

    माघ १२ लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको प्रधानमन्त्री केपी शर्मा...

    • गण्डकी प्रदेशमा कोरोना खोप १७ हजार ३९६ जनालाई
    • प्रधानमन्त्री ओलीले पशुपतिनाथमा गरे संकल्प पूजा
    • भरतपुरको सिटीहल र छ लेन सडकको प्रधानमन्त्री द्धारा शिलान्यास गरिने
    • मेक्सिको र अमेरिकी सीमा नजिक १९ मृत व्यक्ति भेटिए

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.