सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले प्रदेश १ लाई हरायो

  •  | ३ माघ २०७७, शनिबार १६:५३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ, ३

    विकेटकिपर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेल्दा विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा एपिएफले प्रदेश नं १ लाई १ सय ३५ रनले हराउँदा प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
    २ सय ४४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश नं १ खुलेर ब्याटिङ गर्न सकेन।ै बलियो एपिएफका बलर सामु प्रदेश १ निरिह बन्न पुगेका थिए । ओपनरद्वय दिपक पासवान र मिनास थापाले क्रमश १३ र १८ जोडे यस्तै फिर्दोसले १७ रनको पारी खेल्दा दिपेश कंडेलले १६ रन जोड्दा जोशक खड्का १२ रनमा नटआउट रहे प्रदेश १ का ६ ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अभिनास बोहोराले सर्वाधिक ३ विकेट हात पार्दा कमल ऐरी, किशोर महतो र भुवन कार्कीले समान २÷२ विकेट आफ्नो नाममा लेखाए । क्याप्तन शरद भेषवाकरले एक विकेट हात पारे ।यस अघि टस हारे पहिला ब्याटिङको निम्तो पाएको विभागीय टोली एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रन जोड्न सफल भएका थिए। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवास खकुरेलले ७१ रनको सर्वाधिका साझेदारी गरे । आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेको आशिफले ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।आशिफलाई साथ दिएका सुबासले ४१ बलमा १९ रन जोडेर पेभेलियन बाटो फर्किँदा क्यप्तन शरद भेसावकरले ३९ बलको सामना गर्दै २० को योगदान गरे । प्रदीप ऐरीले ७ रन बनाउन १४ बलको सामना गर्दा एक चौका प्रहार गरे । यस्तै सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन जोडे । बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्कीले ७, कमल ऐरीले ५, किशोर महतो २३ बलमा २ चौकासहित १९ रनको पारी खेले । अविनाश बोहरा ६ रनमा अविजित रहे ।प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए । फिर्दोअन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मूलपानी क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्दा कीर्तिपुरको त्रिवि मैदानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले बाग्मती प्रदेशसँग खेल्ने छ । नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गते सम्म सञ्चालन हुनेछ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.