सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

हजार भन्दा बढि निजी विद्यालय बन्द हुन सक्ने सम्भावना

  •  | ७ माघ २०७७, बुधबार ११:५३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ ७,
    करिब एक हजार भन्दा बढि निजी विद्यालयहरुमा कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउनुहुन्छ । १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उहाँको भनाइ छ । हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने र आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको उहाँले बताउनुभयो । निजी विद्यालयका सञ्चालकहरूका अनुसार विद्यालय बन्द हुने समस्या काठमाडौँ उपत्यकामा धेरै हुनेछ । तुलनात्मक रूपमा काठमाडौँ उपत्यका भन्दा बाहिर निर्बाध रूपमा विद्यालय सञ्चालन भएको तर उपत्यकामा १० महिनासम्म विद्यालय बन्द भएका कारण समस्या भएको जनाइएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९राष्ट्रिय प्याब्सन०का अध्यक्ष ऋतु सापकोटाले धेरैजसो तल्लो तहको कक्षा सञ्चालन गरेका विद्यालय पूर्ववत् रूपमा खुल्न समस्या देखिएको बताउनुभयो । कक्षा १० सम्म सञ्चालन भएका विद्यालय भने बन्द नभएको उहाँले जानकारी दिनुभयो । यस बीचमा विद्यालय खुल्न समस्यामा परेका विद्यालयलाई बिनाधितो ऋण प्रदान गर्ने समेत व्यवस्था मिलाइएको जानकारी प्याब्सनले दिएको छ । विद्यालयलाई बिनाधितो प्राइम कमर्सियल बैङ्क र मेगा बैङ्कबाट धितो दिने प्रबन्ध मिलाइएको छ । यसबाट केही हदसम्म भए पनि राहत हुने जनाइएको छ । संस्था जमानी बसेर ऋण दिने कार्यविधि बनाइएको छ । यसैबीच विद्यालयलाई भौतिक रूपमा सञ्चालन गर्न स्वीकृति दिने या के गर्ने भन्नेमा निर्णयमा बाँकी रहेको काठमाडौँ महानगरपालिकाले यस विषयमा बृहत् रूपमा छलफल गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको प्रभाव अझै न्यून हुन नसकेको तथा सोमबार मात्रै नेपालमा तीन जनामा नयाँ खालको कोरोना भाइरसको पुष्टि भएकाले कसरी विद्यालय सञ्चालन गर्ने सम्बन्धमा निर्णयमा पुग्ने पहल गरिएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.