बुधबार सुनको कारोबार तोलामा कति पुग्यो ?

माघ ७,
बुधबार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया