सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

सोनाक्षीले पुरा गरिन् महंगो घर किन्ने सपना

  •  | १२ माघ २०७७, सोमबार १४:१७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ १२
    बलिउडका कलाकारहरु सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग भएर आफ्नै दुनियाँमा रमाउने कलाकारहरुको संख्या बलिउडमा धेरै छ । रणवीर कपुर, आलिया भट्ट, जाहन्वी कपुर लगायतका कलाकारले गतबर्ष मुम्बइमा घर किनेका थिए । अब, यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि मिसिएकी छिन् । सोनाक्षीले मुम्बइको बान्द्रा इलाकामा ‘४ बीएचके’ घर किनेकी छिन् । सोनाक्षीले आफूले सानैदेखि देखेको सपना पुरा गरेको प्रतिक्रिया भारतीय मिडियासँग दिएकी छिन् । एक भारतीय म्यागेजिनसँग कुरा गर्दै सोनाक्षीले भनिन्–‘जब मैले बलिउडमा काम गर्न सुरु गरेँ, मेरो सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ । ३० बर्षको उमेर नपुग्दै घर किन्ने चाहना मेरो थियो । तर, मैले ३० बर्षमै त घर किन्न सकिनँ, तर आज आएर सपना भने पुरा गरेकी छु ।’ सोनाक्षीले नयाँ घर किनेपनि आफूले तत्काल बुबा–आमाको साथ भने नछाड्ने बताएकी छिन् । उनले भनिन्–‘तत्काल नयाँ घरमा बस्ने मेरो कुनै योजना छैन । तर, मैले आफ्नो सपना पुरा गर्नका लागि घर खरिद गरेकी हुँ ।’ गतबर्षको नोभेम्बर महिनामा घर किनेर सोनाक्षीले डिजाइन समेत गरिसकेकी छिन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    कलाकारहरु धमाधम फर्किदै काममा
    गैडाकोटका युवा गौडेलको म्युजिक भिडियो सुनरीमै सार्वजनिक
    गाईजात्रामै व्यङ्ग्य किन ?कोही भन्छन् परम्परा, कोही भन्छन् वाक् स्वतन्त्रता

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.