सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने !!!

  •  | १३ माघ २०७७, मंगलवार १२:४९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ,१३
    प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले पहिलो चरणमा प्रदेशमा पठाइएको नौ हजार ६०० मात्रा खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जानकारी दिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा प्रदेशका १४ जिल्लासहित प्रदेश नं २ को सिरहा र सप्तरी जिल्लाका लागि पठाइएको खोप प्राप्त भएको केन्द्रले जनाएको छ । प्रदेशका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा ताप्लेजुङका १४ हजार तीन, धनकुटाका ८३१, उदयपुरका एक हजार २३७, भोजपुरका एक हजार १७६, मोरङका १२ हजार ५६, इलामका एक हजार ६९०, ओखलढुङ्गाका एक हजार ३६६, खोटाङका एक हजार ६००, झापाका चार हजार ९७७, तेह्रथुमका ७२३, सङ्खुवासभाका ९४९, सोलुका ६८६, सुनसरीका पाँच हजार २३३ र पाँचथरमा ९२४ लाई खोप लगाइने भएको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.