सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

नवलपुरको गैंडाकोट नगरपालिकाको वडा नम्बर १२ मा स्वास्थ्य इकाइ भवन निर्माण!!

  •  | २३ माघ २०७७, शुक्रबार १९:२७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • माघ,२३
    नवलपुरको गैंडाकोट नगरपालिकाको वडा नम्बर १२ मा निर्माण भएको आधारभूत स्वास्थ्य इकाइ भवनको उद्घाटन भएको छ । संघीय सरकारको ३८ लाख रुपैयाँ लागतमा स्वास्थ्य इकाइ भवन निर्माण भएको हो । नगरको वडा नम्बर १२ मटकुरीमा रहेको स्वास्थ्य इकाइ केन्द्रको शुक्रबार नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको होे ।कार्यक्रममा नगरप्रमुख पौडेलले जनताको सरकार घरदैलोमै हुनुपर्छ भन्ने मान्यता अनुसार वडामै स्वास्थ्योपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले कर्मचारी व्यवस्थापन सहित स्वास्थ्य इकाइ स्थापना गर्नेमा गैंडाकोट नेपालकै पहिलो नगरपालिका भएको दाबी गर्नुभयो । १२ नम्बर वडाका वडाध्यक्ष थिरबहादुर थनेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य गोविन्द कोईरालाले संघीयताको मर्म अनुसार वडामा स्थापना भएको स्वास्थ्य इकाइबाट उपलब्ध सेवा–सुविधा लिन वडाबासीलाई आग्रह गर्नुभयो । गैंडाकोट नगरपालिकाको स्वास्थ्य शाखाका सह–इन्चार्ज इन्द्रराज सापकोटाले स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने ६० प्रकारका औषधीसहित प्राथमिक उपचार निःशुल्क उपलब्ध हुने बताउनुभयो । वडामा स्थापना भएको स्वास्थ्य इकाइ केन्द्रमा १ जना हेल्थ असिस्टेन्ट र १ जना अनमीसहित रहने छन् । उदघाटन कार्यक्रमको संचालन स्वास्थ्य केन्द्रकी हेल्थ असिस्टेन्ट दिपा सदाशंकरले गर्नुभएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.