विद्यार्थीसँग प्रहरी कार्यक्रमको तेस्रो श्रृंखला गैंडाकोटमा सम्पन्न !!!

२७, माघ
औपचारिक शिक्षा सँगै स्वअध्ययन र अपराधबारे सुरक्षित हुनुपर्छ भने उद्देश्यले विद्यार्थीसँग प्रहरी कार्यक्रमको तेस्रो श्रृंखला गैंडाकोटमा सम्पन्न भएको छ । यसअघि विधार्थीसँग प्रहरी कार्यक्रमको पहिलो र दोस्रो श्रृंखला क्रमशः हुप्सेकोट गाउँपालिका र कावासोती नगरपालिकामा भएको थियो । कालिका उच्च मावी गैंडाकोट–५ को सभाहलमा सोमवार भएको बिद्यार्थीसँग प्रहरी कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका लब्धप्रतिष्ठित व्यतित्वहरुले नगरका ४ वटा विद्यालयका विद्यार्थीहरु सहित युवा सञ्जालका सदस्यहरू र बाल सञ्जालका सदस्यहरूलाई साक्षात्कर गराउनु भएको थियो । कार्यक्रममा वक्ताहरुले प्रहरीलाई देख्दा सुरक्षाको आभास होस् भन्ने हेतुले के के गर्दा कानुन सम्मत हुन्छ र के गर्दा गैह्रकानुनी हुन्छ ? जनताहरू प्रहरीका साथी कसरी हुन् ? प्रहरीको समाजमा स्वम्वन्वयात्मक भूमिका कसरी खेल्न गर्छ ? लगायतका दर्जनौं विषयमा जानकारी दिनुभएको थियो । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा भएको विधार्थीसँग प्रहरी कार्यक्रममा अध्येता नविन तिवारी, लेखक तथा स्तम्भकार सुजित मैनाली, प्रमुख जिल्ला अधिकारी मनमायाँ भट्टराई पंगेनी, नगरप्रमुख छत्रराज पौडेल, प्रहरी उपरिक्षक प्रकाश मल्ल र सामाजिक अभियन्ता सपना रोका मगरले उनिहरुको जीवनको अनुभव र विद्यार्थीहरुले खेल्नुपर्ने भूमिकाका बारेमा साक्षात्कर गराउनु भएको थियो । कार्यक्रममा एसपी प्रकश मल्लले विद्यार्थीहरुले सोधेको प्रश्नहरुको जवाफ दिंदै सामाजिक संजालहरू मार्फत अपराध बढेकोमा त्यसको सहि प्रयोग कसरी गर्ने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । यसैगरी विद्यार्थीहरूलाई अध्यायनका क्रममा फरक फरक पुस्तकमा भएका जानकारीहरुबारे कुनचाँही जानकारीलाई सहि मानेर पढने भन्ने कन्फ्यूजनलाई अध्येता नविन तिवारेले कसरी निवारण गर्ने भनि प्रष्ट्याउनुभएको थियो । जिल्ला प्रशासन कार्यालय नवलपुरको सहयोगमा सञ्चालित बिद्यार्थीसँग प्रहरी कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय नवलपुर र गैंडाकोट नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रमको सहजिकरण नारायण कडरियाले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया