सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

जनक स्कूलको ६२ औं वार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न !!!

  •  | २७ माघ २०७७, मंगलवार १७:१५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैंडाकोट, २७ माघ ।
    बि.सं. २०१५ सालमा स्थापना भएको जनक नमुना माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रम विविध कार्यक्रमहरु गरि सम्पन्न भएको छ । गैंडाकोट नगरपालिकाको वडा नं. ५ मा रहेको श्री जनक नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नवराज कँडेलको अध्यक्षतामा मंगलबार भएको ६२ औं वार्षिकोत्सव कार्यक्रममा गैंडाकाट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले आज जसले शिक्षा र स्वस्थ्यलाई महत्व दिएको छ तिनै मुलुकहरु सम्पन्नता तर्पm अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिले नेपाल सरकारले नीतिगत रुपमै ‘एउटा वडा एउटा स्वास्थ्य चौकी र एउटा स्कूल एउटा नर्श’ को अवधारणा अनुरुप अगाडी बढेको जानकारी दिनुभयो ।
    ६२ औं वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा विद्यालयका प्रचार्य चुडामणी शर्मा पौडेलले विद्यालयको प्रगति प्रतिवेद प्रस्तुत गर्नुभएको थियो । यसैगरी ६२ औं वार्षिकोत्सव कार्यक्रममा आफ्ना भनाईहरू राख्दै विशिष्ठ अतिथि तथा उपमेयर विष्णु कुमारी कँडेलले जनक नमुना बिद्यालयले शिक्षाका अलावा बिद्यार्थीहरुकालागि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिईरहेको बताउँदै विद्यालयबाट सबै खाले प्रतिभा भएका हुनाले उनिहरु भित्र रहेको प्रतिभा उजागर गर्ने काम शिक्षक शिक्षिकाको भएको प्रष्ट पार्नुभयो । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष शंकर आचार्यको स्वागत मन्तव्य रहेको वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मदनभक्त अधिकारीले विद्यार्थीहरूले कोर्शका कितावहरूमा मात्र सिमित नरही कोर्श वाहिरका शिक्षाप्रद र ज्ञानवद्र्धक पुस्तकहरु पढनुपर्ने बताउँदै आफुले पढेका ज्ञानहरू अभिभावकहरुसँग पनि साझा गर्न आग्रह गर्नुभयो ।
    जयश्री सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष महेन्द्रभक्त अधिकारीले विद्यार्थीहरुले मन लगाएर पढेमा मात्र लक्षमा पुग्न सकिने बताउनुभयो । श्री जनक नमुना माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सवलाई स्मरणिय बनाउन विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तथा संचारकर्मी हिमालदेव पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न बिधाहरुमा बिद्यार्थीहरुलाई पुरस्किृत गरिनुकासाथै अक्षयकोष छात्रावृत्ति समेत प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानाध्यपकहरु दशरथ तिवारी र चन्द्रकान्त ढकाल, अनुगमन समितिका संयोजक बलराम चालिसे, बिद्यालय ब्यवस्थापन समितिका सदस्य पार्वर्ती सापकोटो, वडा नं ५ की वडा सदस्य कुमारी रेखा पौडेल र समाजसेवी कृष्ण पाण्डे लगायतको सहभागिता रहेको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.