६ महिना सम्म गण्डकी प्रदेश सरकारको मात्र १५ प्रतिशत बजेट खर्च

माघ २८
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा सम्ममा कुल बजेटको १५ प्रतिशत बजेट मात्र खर्च गरेको छ । कोरोना संक्रमण फैलिएपछि गरिएको लकडाउन हटाएर पूर्वाधार निर्माणका काम अगाडी बढाएको लामो समय बितिसक्दा समेत प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७र०७८ को पुस मसान्तरसम्म जम्मा १५.३२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सरकारले सुरुको पहिलो वर्ष ऐन, कानुनको अभावका कारण विकास निर्माणका कार्य सोचे अनुसार अगाडी बढाउन नसकेको बताएका थिए । उनले आवश्यक ऐन कानुन निर्माणपछि दास्रो वर्षबाट भौतिक निर्माणका काम अगाडी बढ्ने बताउँदै आएका थिए । तर, दोस्रो वर्षमा पनि कोरोना महामारीले विकास निर्माण पुरै अवरुद्ध भयो । सरकारले बन्दाबन्दी हटाएको लामो समय बितिसक्दा समेत विकास निर्माणले गति लिन सकेको छन । आर्थिक वर्ष २०७७र०७८ को ६ महिना बितिसक्दासमेत सरकारले भौतिक पूर्वाधार निर्माणका लागि छुट्टाइएको पुँजीगत बजेट प¥याप्त मात्रमा खर्च गर्न सकेको छैन । सरकारले ६ महिनाको अवधिमा पुँजीगत तर्फको बजेटको जम्मा १६.४१ प्रतिशत खर्च गरेबाट विकास निर्माणको अवस्था प्रष्ट हुन्छ । सरकारले भौतिक पूर्वाधार निर्माणमा न्यून बजेट विनियोजन गर्ने र त्यही बजेटसमेत तोकिएको समयसीसमा भित्र खर्च गर्न नसक्ने अवस्थाले विकास निर्माण कार्यमा प्रदेश सरकारले चासो नदिएको प्रष्ट हुन्छ । गत बर्षको यही अवधिमा ९६ महिना० गरेको खर्चको दर र चालु आर्थिक वर्ष २०७७र०७८ को पुस मसान्तरसम्म करिव खर्चको अवस्थाको अनुपात बराबरी रहेको गण्डकी प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत बर्ष यसै अवधिमा जम्मा १४ प्रतिशत खर्च भएको थियो भने आर्थिक वर्ष २०७७र०७८ मा १५।३२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब २७ करोड ६ लाख ५१ हजार २ सय २७ रुपैया खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय गण्डकीका लेखा नियन्त्रक इन्द्र प्रसाद पौडेलले बताए । प्रदेश सरकारले यस अवधिमा पुँजीगततर्फ कुल बजेटको जम्मा १६।४१ प्रतिशत र चालुतर्फ १३।७७ प्रतिशत मात्र बजेट खर्च गरेको उनले बताए । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३४ अर्ब ४१ करोड १९ लाख ७२ हजार कुल बजेट मध्य पुस मसान्तरसम्म चालुतर्फ १ अर्ब ९६ करोड ११ लाख ४० हजार ७ सय २० रुपैया खर्च भएको छ भने पूंजीगत तर्फ भने ३ अर्ब ३० करोड ९५ लाख १० हजार ५ सय ७ रुपैया खर्च भएको छ ।
तपाइँको प्रतिक्रिया