शुक्रबार मौसम कस्तो रहला ?

माघ ३०
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । आईतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
तपाइँको प्रतिक्रिया