सर्लाहीमा नालामा डुबेर एक बालकको मृत्यु

माघ ३०
सर्लाही जील्लाको को पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया