सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

पाँच दिने उद्घोषण तालिम गैंडाकोटमा सम्पन्न

  •  | १ फाल्गुन २०७७, शनिबार १२:०७ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • हिमालदेव पंगेनी गैंडाकोट
    फागुन १, लाएन्स क्लव अफ मौलाकालिका लोटस र लिलिको आयोजनामा भएको पाँच दिने उद्घोषण तालिम गैंडाकोटमा शनिबार सम्पन्न भएको छ । गैंडाकोट २ मा आयोजना गरिएको सो तालिममा १५ जना सहभागि भएको लाएन्स क्लव अफ मौलाकालिका लोटस गैंडाकोटका अध्यक्ष शान्तिदेवी पौडेलले जानकारी दिनुभयो । क्लवमा आवद्ध महिलाहरु र क्लव भन्दा बाहिरका महिलाहरुको नेतृत्वकला र वाककला बृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले महिलाहरुको क्षमतालाई वृद्धि गर्न सफल भएको सहभागिहरुले बताएका थिए । सो तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रिजन चेयर पर्सन ला. नवराज कंडेलले उद्घोषण तालिमले बोल्ने कलाको विकास गर्ने भएकोले बोल्नै नसकेका कारण पछाडी पर्नबाट बन्चित नगर्ने भन्दै यस्ता प्रकारका तालिमहरु बेला बेलामा आयोजना गर्दै जानुपर्ने बताउनुभयो । लाएन्स क्लव अफ मौलाकालिका लोटसका अध्यक्ष शान्तिदेवी पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा लाएन्स क्लवका चार्टर प्रेसीडेन्ट इन्दिरा पाण्डे, ला. लक्ष्मी भट्टराई लगायतका अथितिहरु रहनुभएको थियो । पत्रकार सविता तिवारीले प्रशिक्षण दिनुभएको सो तालिमको समापन कार्यक्रममा ला. सृजना पौडेलले स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण ला. राधिका भण्डारीले गर्नु भएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो
    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै
    आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक

    ताजा अपडेट

    प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्नु गोरु ब्याएर बिगौती खानु जस्तै हो

    फागुन १३ , काठमाडौँ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापाले प्रचण्ड र माधव नेपाल...

    नेपाल मगर संघ गैँडाकोटले भव्यताका साथ मगर एकता दिवस मनाउँदै

    फागुन १३ , गैँडाकोट ३९ औँ मगर दिवस गैँडाकोटमा भव्यताका साथ मनाईने भएको छ ।...

    • आफ्नै बुवासँग पैसा माग्न अपहरणको नाटक
    • फेवातालको किनारमा एक युवक मृत फेला
    • सम्मानजनक ढंगबाट ओलीलाई बिदा गर्न वामदेवको प्रस्ताव
    • एलो हाउस गैंडाकोटका सञ्चालक सिग्देल सह–कोषाध्यक्षमा चयन

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.