सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

मुकुन्दपुर खानेपानीको अध्यक्षमा शेषकान्त देवकोटा

  •  | ६ फाल्गुन २०७७, बिहीबार ११:३३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • फागुन ६ , गैँडाकोट
    मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनबाट लोकतान्त्रिक समावेशी प्यानलका उमेदवार शेषकान्त देवकोटा विजयी हुनुभएको छ । सचिवमा बामप्रगतिशील समूहका उम्मेदवार बिनोद कुमार श्रेष्ठ विजयी हुनुभएको हो । लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार शेषकान्त देवकोटाले १२०७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार माधवप्रसाद कोइरालाले ११०५ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक लिलाधर शर्माले जानकारी दिनुभयो । उपाध्यक्षमा लोकतान्त्रिक समूहका चन्द्रदत्त जैशीले ११४५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका खड्कबहादुर क्षेत्रीले १०८२ मत ल्याउनुभएको छ । सचिवमा बामप्रगतिशिल समूहका विनोदकुमार श्रेष्ठले ११५९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी लोकतान्त्रिक समूहका सोमबहादुर भण्डारी क्षेत्रीले १०७७ मत ल्याउनुभएको छ ।
    कोषाध्यक्षमा लोकतान्त्रिक समूहका रोहिणी सदाशंकर सुनारले १११० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बाम प्रगतिशील समूहका चेतना अर्याल आचार्यले ११०८ मत ल्याउनुभएको छ ।
    यसैगरि महिला सदस्यहरुमा लोकतान्त्रिक समूहका तर्फबाट निर्वाचित इन्दिरा महत्तोले ११३७ र पंचुमाया चितौरेले १११२ मत ल्याउनुभएको छ । सदस्यहरुमा लोकतान्त्रिक समूहका उम्मेद्वारहरु दुर्गादत्त कंडेलले ११७७, प्रेमलाल खरेलले ११७८, बुद्धिप्रसाद न्यूरेले ११९० मत ल्याएर विजयी हुनुभएको छ भने । बुधबार भएको मतदानमा ७५.२१ प्रतिशत मत खसेको थियो । अपरान्ह ४ बजेसम्म भएको मतदानमा २४ सय २२ मत खसेको निर्वाचन समितिका संयोजक लीलाधर शर्माले जानकारी दिनुभयो । साविक मुकुन्दपुर गाविस क्षेत्रका ३२ सय २० उपभोक्ता सदस्य मतदाता रहेपनि २४२२ मतदाताले मत दिएका थिए । मतगणनामा ३२ मत बदर पाइएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.