सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै कावासोतीमा प्रदर्शन

  •  | १६ फाल्गुन २०७७, आईतवार ०९:२८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • फागुन १६, कावासोती
    नवलपरासी पूर्व (नवलपुरको) बालिकाको हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । कावासोती नगरपालिका वडा -४ मा बस्ने ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग राखी शनिबार जिल्ला प्रहरी कार्यालयमा स्थानियले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । ६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्या गरेको भनी बालिकाकी आमाले जाहेरी दिएपछि अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो । स्थानीयले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रदर्शन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन् । प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।
    फागुन ७ गते शुक्रबार बिहान २ बजेको समयमा बालिकालाई नियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप बालिकाकी आमाको छ । घटनामा मृत बालिकाको बुबा,हजुरबुबा, हजुरआमा र आमाजु संलग्न रहेको भनेर प्रहरीमा किटानी जाहेरी परेको छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.