सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

कावासोतिमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगता मंगलबारदेखी शुरु, बिभिन्न चार विद्यामा १७ वटा खेल हुदै ।

  •  | २५ फाल्गुन २०७७, मंगलवार १८:४३ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • कावासोति, २५ फागुन ।

    कावासोती नगरपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगता मंगलबारदेखी शुरु भएको छ । दुई दिन सम्म चल्ने प्रतियोगिताको मंगलबार कावासोती नगरपालका –१४, स्थित जनता माविमा सांसद तिलक महतले उद्धघाटन गर्नुभएको छ । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका सांसद तिलक महतले शिक्षा र खेललाई संगै जोडर लैजानुपर्ने बताउनुभयो । शिक्षा संगै खेलको समेत विशेष महत्व हुने भएकाले यि दुवैलाई जोडर लैजानुपर्ने उहाँले बताउनुभयो ।

    खेलका माध्यमबाट राष्ट्रलाई समेत चिनाउन सकिने हुदाँ यसको विकासगर्दै लानुपर्ने उहाँले बताउनुभयो । उहाँले नगर स्तरबाट प्रतियोगितामा सहभागि खेलाडीहरुलाई उत्कृष्ट रुपमा खेल खेल्दै जिल्ला स्तरमा आफ्नो पहिचान कायम गर्दे अगाढी बढ्न शुभकामना समेत दिनुभयो । उद्धघाटन कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले यस वर्ष विभिन्न कारणले आवश्यक मात्रमा पूर्व अभ्यास गराउन नपाउदै प्रतियोगिता गर्नु परेको भन्दै आगामि वर्षहरुमा यसलाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभयो । संयोजन विद्यालयका प्रधानाध्यापक तथा प्रचार प्रसार संयोजक गिरीराज गिरीले प्रतियोगिता गराउन बजेट थोरै हुदा समस्या हुने गरेको बताउनुभयो ।

    जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिला भण्डारीले आफ्नो विद्यालयले खेल खेलाउन पाउनु खुसीको कुरा भएको भन्दै यसकालागि आयोजकलाई धन्यवाद दिनुभयो । उद्धघाट कार्यक्रमको अध्यक्ष कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले गर्नु भएको थियो । अध्यक्षको मन्तव्य राख्दै उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले कावासोती नगरपालिकाले अन्य क्षेत्र जस्तै खेलकुदको विकासमा समेत प्राथमिकता दिदै अगाडी बढेको बताउनुभयो । पहिलो दिन उद्धघाट कार्यक्रम पूर्व विभिन्न बिद्यालयबाट प्रतियोगितामा सहभागि खेलाडीहरुले मार्चपास समेत गरेका थिए ।

    बुधबार सम्म चल्ने प्रतियोगितामा बिभिन्न चार विद्यामा १७ वटा खेल हुने जनाईएको छ । एथलेटिक्स , भलिवल, कपड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरु हुनेछन् । एथलेटिक्समा दौड,रिले दौड, र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रोका खेल समावेश गरिएको प्रचार प्रसार संयोजक गिरीले बताउनुभयो ।

    पहिलो दिन छात्र भलिबल, छात्रा कबड्डी ,ट्रयाक तर्फ छात्र छात्रा दुवै समूहका १००,२००,४००,८०० मिटरको दौड ,लङ्जम्प र ज्याभलिङ थ्रो र मार्शल आर्टका का पहिलो चरणका खेल भएका छन् ।२६ गते विहान छात्रा भलिवल ,छात्र कपड्डी , रिले दौड, हाइजम्प र सटपुटका खेल हुने हुने छन् । २६ गते नै खेलको समापन हुने छ । यस्तै जनता माविमानै फागुन २८ र २९ गते जिल्लाका सबै स्थानीय तहबाट छनौट भएका विद्यार्थीहरु विचको जिल्ला स्तरीय प्रतिस्पर्धा हुनेछ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.