गैँडाकोटमा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड ‘नगर स्तरिय खेलकुद प्रतियोगिता विभिन्न खेल सम्पन्न ।।

फागुन २५ , नवलपुर
रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड ‘नगर स्तरिय खेलकुद प्रतियोगिता सुरु भएको छ । गैँडाकोट नगरपालिकाको आयोजना, रत्नराज्य लक्ष्मी माविको संयोजन र गैँडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा गैँडाकोट नगरपालिका वडा नं १० पितौजीमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिकाका नगरप्रमुख तथा समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि छत्रराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पौडेलले विद्यार्थीहरुलाई अनुशासित ढंगले खेल खेल्न आग्रह गर्नुभयो । नगरप्रमुख पौडेलले विद्यार्थी र निर्णयक मण्डलका संयोजक लक्ष्मण कार्कीलाई सपथ ग्रहण समेत गराउनुभएको थियो । प्रतियोगिता मार्चपास सहित भव्य रुपमा उद्घघाटन गरिएको थियो । मंगलबार भलिवल (छात्र) , कबड्डी, लङ्गजम्प, हाईजम्प, सटफुट, ज्याम्लिङ्ग र विभिन्न समुहका दौड लगाएतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई आगामी फागुन २८ र २९ गते डण्डामा हुने जिल्लास्तरिय प्रतियोगितामा समावेश गराईने छ । खेल बुधवार सम्म चल्ने छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं १० का वडाध्यक्ष देवीदत्त कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नवराज काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई प्रमुख कृष्ण चन्द« पोख्रेल, नगर शिक्षा प्रमुख बालकृष्ण चापागाई , विभिन्न वार्डका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक दिनेश कंडेलले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया