सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

राष्ट्रपति रनिङ शिल्ड ‘नगर स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न, लक्ष्मी मावि अमरापुरी ९ स्वर्ण ५ रजत सहित प्रथम हुन सफल

  •  | २७ फाल्गुन २०७७, बिहीबार १९:२१ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • नवलपुर, २७ फागुन ।
    हिमा अर्याल ।

    रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड ‘नगर स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लक्ष्मी मावि अमरापुरी ९ स्वर्ण ५ रजत सहित प्रथम भएको छ । यस्तै रत्नराज्य लक्ष्मी मावि ७ ओटा स्वर्ण र ३ रजत सहित द्धितिय भएको छ भने जनता मावि हर्कपुर ३ स्वर्ण र ७ रजत सहित तृतिय हुन सफल भएको गैडाकोट नगर खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।

    बिहिवार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले खेल क्षेत्रको विकासको लागि नगरले बजेट छुट्याउने बताउदै खेलहरुमा ढुक्क भएर आफ्नो प्रतिभा प्रस्फोटन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । विद्यार्थीहरुको खेल क्षेत्रमा निकै राम्रो सहभागिता आफुले पाएको बताउदै यसलाई निरन्तरता दिनु पर्ने नगर प्रमुखले बताउनु भयो । गैँडाकोट नगरपालिकाको आयोजना, रत्नराज्य लक्ष्मी माविको संयोजन र गैँडाकोट खेलकुद समितिको प्राविधिक सहयोगमा गैँडाकोट नगरपालिका वडा नं १० पितौजीमा प्रतियोगिता भएको थियो ।

    बिहिवार भएको समापन कार्यक्रममा बोल्दै रत्नराज्य लक्ष्मी माविका प्रधानाध्यापक नबराज काफ्लेले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुने सवैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
    गैँडाकोट नगर शिक्षा विभागका प्रमुख बालकृष्ण चापागार्ई, प्रअ हरुको तर्फबाट लभ्मी माविका अमरापुरीका प्रध्यानाध्यापक निलकण्ड कडेलले लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा निर्णायाक मण्डलको संयोजकमा गैडाकोट नगर खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, सदस्यहरुमा गजेन्द्र बन, दिल कुमारी घिमिर, राजिब गुरुङ रहनु भएको थियो ।

    खेलको निर्णायक मण्डलमा रहेर निश्पक्ष ढंगले प्रतियोगिता सम्पन्न गराउनु भएकोमा निर्णायक मन्डलका संयोजक लक्ष्मण कार्कि सहित सदस्यहरुलाई प्रशसां पत्र सहित सम्मान समेत गरिएको थियो । यस प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यालयकका विद्यार्थीहरु जिल्ला स्तरीय खेलकुद प्रतियोगिता समावेश हुन पाउने छन् । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक दिनेश कंडेलले गर्नु भएको थियो भने गैँडाकोट नगरपालिका वडा नं १० का वडाध्यक्ष देविदत्त कडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।


    यसैविच शुक्रवार देखि डण्डाको जनता माविमा जिल्ला स्तरीय खेल प्रतियोगिता सुरु हुने भएको छ । जिल्लाका ८ बटा पालिकाबाट प्रथम र द्धितिय स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरु खेलमा सहभागि हुने छन् । फागुन २८ र २९ गते सम्म चल्ने जिल्ला स्तरीय खेलमा भलिवल, कबड्डी, लङ्गजम्प, हाईजम्प, सटफुट, ज्याम्लिङ्ग र कुस्ती लगाएत विभिन्न खेल खेलाईने छ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.