सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

व्यवसायी बिच अन्तरक्रिया, प्रत्येक सोमवार अनिवार्य पसल बन्द गर्नु पर्ने ।

  •  | १ चैत्र २०७७, आईतवार १६:१८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • गैंडाकोट, ०१ चैत्र ।

    नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघ तथा पूर्वी गैंडाकोटका मदिरा ब्यवसायी बीच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पेशागत हक हितका साथै व्यवसायिक सुद्रिढिकरण र प्रबद्र्धनका लागि आगामी दिनहरुमा संघले अवलम्बन गर्ने योजना आदिका बारेमा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वोल्नु भएको थियो । अन्र्तक्रिया कार्यक्रममा संघका सचिव प्रभात न्यौपाने र अध्यक्ष रेशमलाल चापागाईले आफ्ना भनाईहरु राख्नु भएको थियो । उहाँहरुले व्यवसायमा अहिले देखिएका कतिपय चुनौतिहरुलाई सबैको सल्लाह र सुझाव अनुसार मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा सामुहिक छलफल पनि भएको थियो ।

    सामुहिक छलफलमा सदस्यहरुले राखेका जिज्ञासाहरूको जवाफ संघका नवलपुर अध्यक्ष रेशमलाल चापागाईले दिनुभएको थियो । अन्र्तक्रिया कार्यक्रम पछि बसेको संघको बैठकले यसअघि व्यवसायिहरुले फरक फरक मुल्यमा मदिरा बिक्रि वितरण गरिएको पाइएकोले मुल्यमा एकरूपता कायम गर्ने निणर्य गरेको छ । यसैगरि प्रत्येक सोमवार अनिवार्य पसल बन्द गर्ने र दर्ता नभएका पसलहरुलाई निरुत्साहित गर्ने निणर्य गरिएको माताकालिका सप्लायर्सका पूर्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

    यसैगरि मदिरा व्यवसायिहरु बीच सुमधुर सम्बन्ध विकसित गर्दै स्वस्थ्य प्रतिस्पर्धा सहितको मर्याहित व्यवसायलाई प्रोत्साहन गर्ने निणर्य भएको सार्थक सप्लायर्सका प्रोप्राइटर सन्दिप तिवारीले जानकारी दिनुभएको छ । यसैबीच सोही बैठकले मदिरा व्यवसायी मुक्तिनाथ अधिकारीलाई तदर्थ समितिमा सिफारिस गरेको छ भने जीवन रेग्मीको संयोजकत्वमा पूर्वी गैडाकोटबाट प्रतिनिधित्व हुने गरि संघको गैंडाकोट उपसमिति चयन गरेको छ ।

    उपसमितिको सदस्यहरूमा बिमल लम्साल, संन्दिप तिवारी, कमलनारायण न्यौपाने र रितेश शर्मा रहनुभएको छ । संघका सदस्य मुक्तिनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको अन्र्तक्रिया कार्यक्रमको सञ्चालन संघका सदस्य बिमल लम्सालले गर्नुभएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.