सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

भोलिदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

  •  | १६ चैत्र २०७७, सोमबार १५:०९ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौं, १६ चैत ।
    मंगलबारबाट शुक्रबार सम्म देश भरका विद्यालय बन्द हुने भएका छन् । बायु प्रदुषणका कारण लागेको तुवालोले असर गर्ने चिकित्सकहरुले बताए संगै स्वास्थ्यलाई मध्यनजर गदै विद्यालय ४ दिन बन्द गर्ने निर्णय भएको शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ ।

    जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

    बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताएका हुन् । अब सबै शिक्षण संस्था मंगलबारदेखि शुक्रबारसम्म बन्द हुनेछन् ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.