सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

खुल्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिम कुमारी प्रथम

  •  | १६ चैत्र २०७७, सोमबार १७:०४ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • भरतपुर, १६ चैत्र ।

    पश्चिम चितवनको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि आयोजित खुल्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिम कुमारी गुरुङ्ग प्रथम भएकी छिन् । ‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकालि मन्दिरको प्रचारप्रसारको लागी म’ भन्ने नाराका साथ तराई होलीको अवसरमा आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर ६ को दक्षिकाली मन्दिर देखि भरतपुर १३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो ।
    झण्डै २ किमिको दौड गुरुङ्गले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी प्रथम भएकी हुन् । चितवनकी रजिना श्रेष्ठले ६ मिनेट ५७ सेकेन्ड दौड पुरा गरी दोस्रो भईन् । मकवानपुरकी सपना गुरुङ्गले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुँदा ७ मिनेटमा उक्त दुरी पुरा गरी लम्जुङ्गकी वाला गुरुङ्ग चौथो भईन् । ५० भन्दा बढि धावक सहभागी भएको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद चार हजार ४४४, द्वितीय हुनेले तीन हजार ३३३, तृतीय हुनेले दुई हजार २२२ र सान्तवना हुनेले एक हजार १११ को साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिनु भयो ।


    कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटक मार्फत् चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको लियो क्लवका अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिनु भयो । विगत १२ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकाससंगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको छ । यस अघि ११औं संस्करण सम्म पुरुष खुल्ला दौड आयोजना गरेको क्लवले पहिलो पटक महिला दौड गरेको हो । सामुदायीक वन अन्तर्गत पर्ने बाटुली पोखरीमा हात्ती सयर, डुंगा सयरको व्यवस्था पनि छ । दक्षिणकालि मन्दिर धार्मीक पर्यटकीय स्थल हो । लियो क्लव अफ गीतानगर र योङ्ग–नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह र दक्षिणकालि मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको सह–आयोजना रहेको थियो ।
    कार्यक्रममा महिला खेलाडीलाई प्रोत्सानमा महत्तपूर्ण भुमिका निर्वाह गरेको भन्दै कान्ति महत्तो र बाटुली पोखरी प्रचारको लागी महत्तपूर्ण योगदान गरेको भन्दै हरिदत्त मिश्रलाई सम्मान गरीएको थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.