सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्ने ः प्रधानमन्त्री

काठमाडौं, १७ चैत्र ।
प्रधानमनत्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो घाषणा गर्नु भएको हो ।
ओलीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरुलाई अर्को छट्पटी सुरु होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् । सरकारले एक पछि अर्को विकासका काम गरिरहेको बताउदै प्रधानमन्त्रि ओलिले सरकारको काम देख्दा धेरै निदाउनै छाडेको समेत बताउनु भयो ।
तपाइँको प्रतिक्रिया