गैँडाकोटमा ४ सय ७६ जेष्ठ नागरिकको आखाँ जाच, ७५ जनामा मोतियाविन्दुको समस्या

हिमा अर्याल, गैँडाकोट, २१ चैत्र ।
गैँडाकोट नगरपालिका प्रंगणमा शनिवार जेष्ठ नागरिकहरुका लागि निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । शिविरमा ४ सय ७६ जना जेष्ठ नागरिकले आखाँ जाच गराएका छन् । २५९ महिला र २१७ पुरुषले आँखा जाँच गराएका हुन् । सो क्रममा ७५ जनामा मोतीविन्दुको समस्या देखिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत ईन्द्रराज शर्माले जानकारी दिनु भयो । १ सय ४६ जनालाई चश्मा पनि वितरण गरिएको शर्माले बताउनु भयो । यस्तै शिविरमा २ सय ५६ जनाको मधुमेह रोगको परिक्षण पनि गरिएका शर्माले जानकारी दिनु भयो । मोतिया विन्दु देखिएका जेष्ठ नागरिकको मंगलबार स्वाथ्य कार्यालयमा पिसिआर रिपोर्ट जाचँ गरिने बताउदै शर्माले त्यसपछि मात्र भरतपुर अस्पतालमा अप्रेशनका लागि पठाईने जानकारी दिनु भयो ।
शिविरको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले धेरै जसो आखाँको समस्या जेष्ठ नागरिकमा हुने भएकाले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । अन्य स्वास्थ्य समस्याका विषयमा पनि कार्यक्रम गरिने बताउदै नगर प्रमुख पौडेलले सबैको सहकार्यले मात्र समृद्ध गैँडाकोट बन्ने बताउनु भएको थियो । वातावरण प्रदुषण देखिएको वर्तमान समयमा आँखाको समस्या कम गर्न कार्यक्रम गरिएको नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाईले जनाएको छ ।
गैँडाकोट नगरपालिका नगर कार्यपालिको कार्यालय स्वास्थ्य तथा सामाजिक विकास शाखा नवलपुरको आयोजना तथा नेपाल स्वास्थ्य व्यवसायी संघ गैँडाकोट नगर इकाई एवम् भरतपुर आखाँ अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का वडाध्यक्ष नवराज कंडेल, गैँडाकोट नगरपालिकाका स्वास्थ्य समितिका संयोजक तथा वडा नं २ का वडाध्यक्ष ध्रुवराम पौडेल, नगर अस्पतालका प्रमुख डा. रमेश आचार्य लगाएतको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया