गैँडाकोटमा बुधवार योग सत्सगं हुदै
गैँडाकोट, २४ चैँत्र ।
गैँडाकोटमा बुधवार योग सत्सगं कार्यक्रम हुने भएको छ । पतन्जली योग समिति हरिद्धारबाट आउनु भएकि साध्वी र पतन्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेब मिश्रको उपस्थीतिमा बृहत योग प्रबचन कार्यक्रम हुन लागेको गैँडाकोट ५ का योग शिक्षक गिता तिवारीले जानकारी दिनु भयो । कार्यक्रम फेमिली क्याफे गैँडाकोट ४ मा विहान १०. ३० बजेबाट सुरु हुने तिवारीले बताउनु भएको छ । कार्यक्रममा गैँडाकोट नगरपालिकाका जो कोहि पनि सहभागि हुन पाउने बताउदै तिवारीले सम्पुर्णलाई उपस्थीत भई योगसम्बन्धि ज्ञान लिन आग्रह गर्नु भयो ।
तपाइँको प्रतिक्रिया