सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • गृहपृष्ठ
    • राष्ट्रिय
    • मध्य नेपाल
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • रोचक जानकारी

गैंडाकोटमा नेपाली काँग्रेसका नयाँ सदस्यहरुलाई प्रशिक्षण दिईदै

  •  | २४ चैत्र २०७७, मंगलवार १८:०६ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • भुमिलाल पौडेल, गैंडाकोट २४ चैत ।

    मंगलवार गैंडाकोटमा एक दिवसीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तिलकप्रसाद सापकोटाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । काँग्रेसचोक स्थित नेपाली कांग्रेसको पार्टी कार्यलयमा भएको एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले ७० बर्ष भन्दा लामो संघर्षपछि प्राप्त भएको संविधान माथि अहिले आएर कुठाराघात भएको बताउनु भयो । ‘लामो समय संघर्ष गरेर संविधान ल्यायौं, त्यो संविधान माथि आज आएर कुठाराघात गर्ने काम भईरहेको छ’ ।

    उहाँले राजनीति जनताको सेवा गर्ने पद्धती भएकाले राजनीतिका माध्यमबाट व्यक्तिगत रुपमा सम्पन्न हुने महत्वकाँक्षा राख्न नहुने र राजनीति गर्ने व्यक्ति जोगी जस्तै हुनु पर्ने प्रष्ट पार्नुभयो । समारोहमा आफ्ना भनाईहरु राख्दै नेपाली काँग्रेस नगर समितिका सभापति तारापति खरेलले प्रशिक्षण कार्यक्रममा विभिन्न ६ वटा बँुदाहरुमा प्रशिक्षण दिइने हुँदा आफूले पनि प्रशिक्षण दिन सक्ने गरि प्रशिक्षकहरुले सिकाएका ज्ञानहरु ध्यानपूर्वक सिक्न सहभागि प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । वहाँले यो साता भित्र नगरका सवै वडाका नयाँ सदस्यहरुलाई प्रशिक्षण दिइने जानकारी समेत दिनुभयो । उद्घाटन समारोह सभापति तारापति खरेल कै सभापतित्वमा भएको थियो । उपाध्यक्ष विष्णु प्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको सो समारोहको संचालन सचिव मुकुन्द प्रसाद पौडेलले गर्नुभएको थियो ।

    हालै पार्टीको सदस्यता लिएकाहरुलाई लक्ष गरि आयोजना गरिएको एक दिवसिय प्रशिक्षण कार्यक्रममा नगरको वडा नं. १, २, ४, ५, ६, ७, ८ र ९ का प्रशिक्षार्थीहरु सहभागि रहेका छन् । झपेन्द्रश्वर भुसालको संयोजनमा अर्जुन रिजाल, भक्त शर्मा पौडेल, विरेन्द्र चौधरी, खेमराज सापकोटा र बद्री सापकोटाले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिनुहुने जनाईएको छ ।

    प्रशिक्षण कार्यक्रमलाई नेपाली काँग्रेस नवलपुर जिल्लाको निर्देशनमा नेपाली काग्रेस गैडाकोट नगर समितिले आयोजना गरेको हो । कार्यक्रममा क्षेत्रिय सभापति द्रोण वन सन्यासी, किसान संघका केन्द्रीय सदस्य पुष्पराज पौडेल, नेका पार्टीका स्थानिय नेताहरु कमला पौडेल तिवारी, कृष्णप्रसाद पराजुली, तिर्थराज रिमाल र ओमप्रसाद सापकोटा लगायतको सहभागिता थियो ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु
    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु
    मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द

    ताजा अपडेट

    भरतपुर अस्पतालले भन्योः अति आवश्यक काम परे मात्रै अस्पताल आउनु

    चितवन, वैशाख ८– चितवनमा पछिल्लो समययता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ ।...

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु

    कोभिड १९ बाट बुधबार नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    • मनकामना मन्दिर वैशाख मसान्तसम्मका लागि बन्द
    • नवलपरासीको रामग्राम वडा नं ४ मा ६५ गिद्ध मृत भेटिए, विष खुवाएर मारिएको कुकुरको मासु खाएको आशकां
    • मुम्बईमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा रहेका २२ बिरामीको मृत्यु
    • बेवारिसे अवस्थामा महिलाको शव फेला

    हाम्रो बारेमा

    सञ्चालक

    प्रधान सम्पादक

    सम्पादक

    निर्देशक

    प्राविधिक

    रिपोर्टरहरु

    Facebook

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal
    Branch office:Kawasoti 2 Haat Bazar Line

     078-501420 । 501604 
    [email protected]
    [email protected]
    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.