बुधबार नेपाल पत्रकार महासंघको निर्वाचनमा करीब १३ हजार पत्रकार प्रत्यक्ष मतदानमा सहभागी हुँदै
२५ चैत्र
देशका पत्रकारहरुको छाता संगठनका रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन बुधबार विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने भएको हो । महासंघको २६ औं अधिवेसनसँगै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा प्रतिष्ठान स्तरमा एकैपटक निर्वाचन हुन लागेको हो । महासंघमा सदस्य रहेका देशभरिका करिब १३ हजार पत्रकारहरु प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । यसअघि पत्रकारहरुले आफ्ना प्रतिनिधिहरु छनौट गर्ने र ती प्रतिनिधिहरुले केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई मतदान गरेर छनौट गर्ने विधि रहेकोमा यसपटक हरेक सदस्यले केन्द्रीय प्रतिनिधिलाई प्रत्यक्ष रुपमा मतदान गर्ने विधि लागू गरी निर्वाचन हुन लागेको छ । निर्वाचनमा निर्वाचित हुने प्रतिनिधिहरुमा लिङ्गीय, जातीय, क्षेत्रीय तथा वर्गीय समावेशीकरणलाई पनि विशेष महत्व दिइएको छ ।
तपाइँको प्रतिक्रिया