गैँडाकोटमा बुधवार योग तथा बृहत सत्सगं कार्यक्रम सम्पन्न, तस्बीरहरु

हिमा अर्याल, गैँडाकोट, २५ चैत्र ।
गैँडाकोटमा बुधवार बृहत योग सत्सगं कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग समिति नेपाल, पतन्जली योग समिति नवलपुर र महिला योग समिति नवलपुरको संयुक्त आयोजनामा योग तथा बृहत सत्सगं कार्यक्रम सम्पन्न भएको हो । गैँडाकोट नगरपालिका वडा नं ४ मा रहेको फ्यामल्लि क्याफेमा भएको कार्यक्रममा बोल्दै पतन्जली योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेब मिश्र योगले मानिसलाई शारिरिक, मानसिक तथा आध्यात्मिक रुपले स्वस्थ बनाउने भएकाले हरेक मानिसले नियमित रुपमा योग गर्नु पर्ने बताउनु भयो ।
हरेक रोगको उपचार योगमा भएको बताउदै उहाँले योग प्रतिको चाहाना गैँडाकोट बासिमा बढि देखिएकाले गैँडाकोट नगरपालिकामा छिट्रै योग शिविरको आयोजना गर्ने समेत बताउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रिय सह प्रभारी ललित शंकर योगीले स्वस्थ रहन खुसि हुन सक्नु पर्ने बताउदै दिमागमा सकारात्मक कुराको विजारोपण र अनुहारमा सधै मुस्कान ल्यान सके जिवन आनन्दित बन्ने बताउनु भयो । हिन्दु धर्मले देखाएको सत्यको बाटो अवलम्बन गर्न सके एकले अर्कोलाई सम्मान गर्न र बोलि मिठो बनाउन सके स्वर्गको आभाष यहि गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद भुषालले स्वस्थ रहन योग गर्न आवश्यक रहेकोमा जोड दिदै आगामि दिनमा योग सम्बन्धि कार्यक्रम गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा बागमति प्रदेश प्रभारी एवम् केन्द्रिय सदस्य ग्रोबिन टौजले, बागमति प्रदेश सहप्रभारी ललित शंकर योगी, बाग्मती प्रदेशका योगि आस्मिता पाण्डे, सुधा कोलोनी, चेतराज कंडेल, लगाएतले मन्तव्य राख्नु भएको थियो । गँैडाकोट नगर कमिटीको पनि समन्वय रहेको कार्यक्रममा पतन्जलि योग समिति गण्डकी प्रदेश महामन्त्री गणेश आचार्यको पनि उपस्थीति रहेको थियो ।
कार्यक्रमा गैँडाकोटमा रहेका योग शिक्षक ज्ञान कुमारी घिमिरे, पार्वति सापकोटा, डिला सुवेदि, पद्मा सुवेदि, श्री जय महादेव महिला समुहका अध्यक्ष फुलुमाया पराजुलि लगाएत १२ जनालाई सम्मान समेत गरिएको थियो । स्वागत मन्तव्य राधिका कंडेलले राख्नु भएको कार्यक्रमको सञ्चालन महिला योग समिति नवलपुरका उपाध्यक्ष गिता तिवारीले गर्नु भएको थियो । कार्यक्रम महिला पतञ्जली जिल्ला अध्यक्ष कान्ति गिरीको सभापतित्वमा सम्पन्न भएको थयो । कार्यक्रममा विभिन्न वडाका ३ सय भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया